images

२०८३ आश्विन २२ गते

images
images
images

स्काइ वाक टावरमा योगाभ्यास

स्काइ वाक टावरमा योगाभ्यास

images
images
बुधवार, माघ २ २०८१
बुधवार, माघ २ २०८१
  • काठमाडौं । काठमाडौंको कमलादिस्थित ‘स्काइवाक टावर’मा मंगलबार विभिन्न कार्यक्रम गरी दसौँ राष्ट्रिय योग दिवस मनाइएको छ। स्काइवाक, अष्टाङ्गयोग, योगभूमि, विश्व शान्ति ध्यान केन्द्रको संयुक्त आयोजनामा टावरको २ सय ५६ फिटमाथिको स्काइवाकमा योगाभ्याससँगै योगबारे चर्चा गरिएको हो।

    images
    images

    ‘स्काइवाक टावर’का प्रबन्ध निर्देशक विष्णुहरि पाण्डेका अनुसार साहसिक योगाभ्यासको विकास गर्ने उद्देश्यले ‘स्काइवाक टावर’मा योग दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिएको हो।

    कार्यक्रममा अष्टाङ्गयोग, कीर्तिपुर योग समाज, तारकेश्वर योग केन्द्र, अनामनगर महिला योग समाज तथा योग भूमिका करिब एक सय ५० जनाको सहभागिता रहेको थियो।

    images
    images

    मंगलबारको योगाभ्यासका क्रममा १ सय ८ पटक सूर्य नमस्कार गरिएको थियो। महिला तथा पुरुषहरुको उल्लेख्य सहभागिता रहेको योगाभ्यासमा बिहान ६ बजेदेखि ९ बजेसम्म चलेको थियो।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend