images

२०८३ आश्विन १८ गते

images
images
images
  • उर्जा
  • धनगढी डिपोको भण्डारण क्षमता अभिवृद्धिका...

धनगढी डिपोको भण्डारण क्षमता अभिवृद्धिका लागि स्थान्तरणको प्रक्रिया अघि बढ्यो

धनगढी डिपोको भण्डारण क्षमता अभिवृद्धिका लागि स्थान्तरणको प्रक्रिया अघि बढ्यो

images
images
बुधवार, माघ २ २०८१
बुधवार, माघ २ २०८१
  • काठमाडौं ।नेपाल आयल निगमले धनगढी डिपोको भण्डारण क्षमता अभिवृद्धिका लागि स्थान्तरण प्रक्रिया अघि बढाएको छ ।

    images
    images

    बुधबार निगमले पत्रकार सम्मेलन गर्दै सुदूरपश्चिम प्रादेशिक कार्यालय धनगढी डिपोको स्थानान्तरण, भण्डारण क्षमता अभिवृद्धि एवं नयाँ स्मार्ट डिपो निर्माणसम्बन्धी निर्देशन भए बमोजिम डिपो स्थान्तरण प्रक्रिया अघि बढाइएको जानकारी दिएको हो ।

    ‘सुदूरपश्चिम प्रदेशका ९ जिल्लाको पायक पर्ने स्थान अतरीया चोकबाट नजिकको स्थानमा जग्गा प्राप्तिका लागि निर्देशन भएबमोजिम साबिक श्रीपुर गाविस–७, हाल कैलाली जिल्ला गोदावरी नगरपालिका–८ मा पर्ने अत्तरीया चोकबाट पूर्वतर्फ करिब ५ किलोमिटरको दूरीमा रहेको पूर्वपश्चिम राजमार्गलाई छुने २० बिघा १६ कट्ठा ८ धुर जग्गा डिपो स्थान्तरणका लागि उपयुक्त देखिएको छ । तसर्थ: उपरोक्त जग्गा प्राप्ति ऐन २०३४ अनुसार प्राप्तिको प्रक्रिया अगाडि बढाउन सिफारिस समेत गरिसकिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

    images
    images

    नेपाल आयल निगम लिमिटेडले २०३७ मा तत्कालीन पेट्रोलियम पदार्थको मागलाई दृष्टिगत गरी निर्माण गरिएको धनगढी डिपोको भण्डारण क्षमता हालको बजार मागलाई अपुग हुनुको साथै डिपोको भौतिक पूर्वाधार जीर्ण भइरहेको समेत जनाएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend