images

२०८३ आश्विन १८ गते

images
images
images
  • उर्जा
  • ऊर्जा व्यवसायीहरूको साना जलविद्युत् आयोजना...

ऊर्जा व्यवसायीहरूको साना जलविद्युत् आयोजना अनुमतिपत्रकाे ३५ वर्षे बन्देज हटाउन माग

ऊर्जा व्यवसायीहरूको साना जलविद्युत् आयोजना अनुमतिपत्रकाे ३५ वर्षे बन्देज हटाउन माग

images
images
बुधवार, माघ २ २०८१
बुधवार, माघ २ २०८१
  • काठमाडौं । ऊर्जा व्यवसायीहरूको संस्था ग्रीन इनर्जी अन्टरप्रेनर्स नेपालले १० मेगावाटभन्दा साना जलविद्युत् आयोजनाको अनुमतिपत्रमा भएको ३५ वर्षे बन्देज हटाउन सरकारसँग माग गरेको छ ।

    images
    images

    काठमाण्डाैमा आज पत्रकार सम्मेलनको आयोजना गर्दै संस्थाले ३५ वर्षे बन्देज हटाएर प्रसारण लाइन र ग्रिड कनेक्शन सम्झौताहरूमा भएका असमानता र प्राविधिक पक्षहरूको पुनरावलोकन गर्न सरकारसँग माग गरेको हो ।

    ग्रीन इनर्जी अन्टरप्रेनर्स नेपालका संयोजक सूर्यप्रसाद अधिकारीले निजी क्षेत्रबाट निर्माण भई सञ्चलानमा रहेका ५१० मेगावाट क्षमता बराबरका ११० वटा जलविद्युत् आयोजनामध्ये धेरैजसो आयोजनाहरू घाटामा चलिरहेको बताउनुभयो ।

    images
    images

    इनर्जी अन्टरप्रेनर्सले विद्युत् खरिद/बिक्री सम्झौता (पीपीए) मा भएका असमानता हटाउन र विद्युत् खरिददर वृद्धि गर्न, उत्पादन अनुमतिको अवधि ५० वर्ष कायम गर्न, पूर्ववतरूपमा जलविद्युत् आयाेजनाहरूका लागि विदेशबाट खरिद गर्नुपर्ने हरेक उपकरण, स्पेयर्स पार्ट्स र सेवाहरूमा अधिकतम १ प्रतिशत कर लागू गर्न तथा वैकल्पिक व्यवस्थामार्फत विद्युत् उत्पादन गरिरहेका आयोजनाहरूको असमान करारनामा तत्काल हटाउनुपर्नेसहित ६ बुँदे माग राखेको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend