images

२०८३ कार्तिक १ गते

images
images
images
  • शेयर
  • नेप्से १.८३ अंकले बढ्यो, ५ अर्ब...

नेप्से १.८३ अंकले बढ्यो, ५ अर्ब ८२ करोड बराबरको कारोबार

नेप्से १.८३ अंकले बढ्यो, ५ अर्ब ८२ करोड बराबरको कारोबार

images
images
बुधवार, माघ २ २०८१
बुधवार, माघ २ २०८१
  • काठमाडौँ  । सेयर कारोबार मापक नेप्से परिसूचकमा बुधबार झिनो सुधार भएको छ । अघिल्लो दिनको तुलनामा १.८३ अंकले बढ्दा समग्र नेप्से २ हजार ५ सय ९५.९६ विन्दुमा बन्द भएको छ । अघिल्ला तीन कारोबार दिन दोहोरो अंकले घटेको नेप्सेमा बुधबार झिनो सुधार भएको हो ।

    images
    images

    उक्त दिन कारोबारमा आएकामध्ये १२४ वटा कम्पनीको सेयर मूल्य बढ्यो, १०८ वटाको घट्यो भने बाँकी १० वटा कम्पनीको स्थिर रह्यो ।

    ६३ हजार ३ सय ७४ पटकको कारोबारमा १ करोड ७ लाख ४५ हजार ४ सय २७ कित्ता सेयर किनबेच भए । ती किनबेचमा करिब ५ अर्ब ८२ करोड ४९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो कारोबार दिनको तुलनामा कारोबार रकम पनि घटेको हो ।

    images
    images

    बुधबार कारोबारमा आएकामध्ये १३ उपसमूहमध्ये बैकिङ, वित्त, लगानी, लघुवित्त, सामुहिक लगानी कोष र निर्जीवन बिमाको परिसूचक घटे । बाँकी उपसमूहको परिसूचक बढे ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend