images

२०८३ आश्विन २५ गते

images
images
images

ठुला दलहरू मिलेर सरकार निर्माण गर्दा लगानीकर्तामा उत्साह बढ्याे: महासंघ अध्यक्ष

ठुला दलहरू मिलेर सरकार निर्माण गर्दा लगानीकर्तामा उत्साह बढ्याे: महासंघ अध्यक्ष

images
images
अर्थ समाचार
बुधवार, श्रावण २ २०८१
अर्थ समाचार
बुधवार, श्रावण २ २०८१
  • काठमाडाैं। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले संसद्का दुई ठुला दलहरू मिलेर सरकार निर्माण गर्दा लगानीकर्ता, उद्योगी तथा आम नागरिकमा उत्साह बढेको बताएका छन् ।

    images
    images

    महासङ्घ अध्यक्ष ढकालले राजनैतिक तथा नीतिगत अस्थिरता स्वदेशी तथा विदेशी दुवै लगानी बढ्न नसकेको एउटा प्रमुख कारण रहेको बताउँदै संसदमा रहेका दुई ठुला दलहरू मिलेर सरकार निर्माण गर्दा लगानीकर्ताहरूमा आत्मविश्वास बढ्ने र आर्थिक गतिविधि बढ्ने अपेक्षा रहेको बताए ।

    “कोभिड महामारीपछि विभिन्न कारणले हाम्रो अर्थतन्त्र शिथिल बनेको छ । यसमा राज्यका विभिन्न निकायले लिएको नीतिका बाबजुद राजनैतिक अस्थिरता पनि एउटा प्रमुख कारण हो । अहिले संसद्का दुई ठुला राजनैतिक दलहरू मिलेर सरकार निर्माण गरेका छन् । यसले आन्तरिक तथा बाह्य दुवै लगानीकर्ता, उद्योगी र आम उपभोक्ता तथा नागरिकमा उत्साह र आत्मविश्वास बढ्न सक्छ । अर्थतन्त्र चलायमान बन्न सहयोग पुग्न सक्छ,” ढकालले भने ।

    images
    images

    ढकालले तीन तीन पटक मुलुकको नेतृत्व गरिसकेका, निजी क्षेत्रमैत्री र विशिष्ट निर्णय क्षमताका कारण प्रधानमन्त्री केपी शर्मा ओलीको प्रधानमन्त्रीकालमा निजी क्षेत्रलाई व्यवसाय विस्तार र अर्थतन्त्र पुनरोत्थानमा सहज हुने विश्वास व्यक्त गरे ।

    ढकालले प्रधानमन्त्री ओलीले पहिलो दिन नै मन्त्रीपरिषद्लाई पूर्णता दिई परिणाममुखी काम गर्न मन्त्रीहरूलाई दिएको निर्देशनले निजी क्षेत्र लगायत समग्र अर्थतन्त्रमा सकारात्मक सन्देश गएको उल्लेख गरे ।

    “सरकार गठन प्रक्रियामा लामो समय लाग्ने र गठबन्धन दलहरूबिच भागबन्डा नमिल्दा मन्त्रिपरिषद् विस्तारमा निकै समय लाग्ने गरेको हाम्रो विगत छ । तर, प्रधानमन्त्री ओलीले पहिलो दिनमै मन्त्रीपरिषद्लाई पूर्णता दिएर सकारात्मक सन्देश दिनुभएको छ,” उनले भने ।

    त्यस्तै, उनले अर्थ मन्त्रालयमा यस अघि नै अर्थ मन्त्रालय सम्हालिसकेका अनुभवी र बजारको रोजाइमा रहेका अर्थमन्त्री विष्णु पौडेलको आगमनलाई निजी क्षेत्रले सकारात्मक रूपमा लिएको बताए ।

    “अर्थ मन्त्रीको रूपमा विष्णु पौडेल एक अनुभवी व्यक्ति हुनुहुन्छ । उहाँले आफूलाई एक सफल अर्थमन्त्रीको रूपमा स्थापित गरिसक्नुभएको छ । अहिलेको अर्थतन्त्रको चुनौतीहरू सामना गर्न उहाँ एक सक्षम व्यक्ति हो भन्ने हामीलाई लागेको छ । हामी निजी क्षेत्र उहाँसँग सहकार्य गरेर अर्थतन्त्रमा देखिएको अहिलेको समस्या समाधान गर्न सधैँ तयार नै छौँ,” उनले भने ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend