images

२०८३ कार्तिक १ गते

images
images
images
  • शेयर
  • नेपाल धितोपत्र बोर्डले मुद्दती खातामा लगानी...

नेपाल धितोपत्र बोर्डले मुद्दती खातामा लगानी गर्ने

नेपाल धितोपत्र बोर्डले मुद्दती खातामा लगानी गर्ने

images
images
बुधवार, माघ २ २०८१
बुधवार, माघ २ २०८१
  • काठमाडौं । नेपाल धितोपत्र बोर्डले आफ्नो अक्षय कोषमा रहेको लगानीयोग्य रकमलाई मुद्दती निक्षेपमा राख्नका लागि प्रस्ताव आह्वान गरेको छ।

    images
    images

    बोर्डले 'क' वर्गका वाणिज्य बैंकहरूसँग छ महिनाको ब्याजदरसहित शिलबन्दी प्रस्ताव माग गरेको हो। यसका लागि इच्छुक बैंकहरूले ६ महिने ब्याज दरसहित आजको मितिले ३ कार्य दिनभित्र शिलबन्दी प्रस्ताव पेस गर्नुपर्नेछ।

    साथै, शिलबन्दी प्रस्तावसँग सम्बन्धित थप जानकारीका लागि बोर्डको लेखा तथा वित्त शाखासँग सम्पर्क गर्न अनुरोध गरिएको छ। बोर्डले शिलबन्दी प्रस्तावहरूलाई सोही दिन अपराह्न १:३५ बजे खुमलटार, ललितपुरस्थित बोर्डको कार्यालयमा खोल्ने बताएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend