images

२०८३ कार्तिक १ गते

images
images
images
  • शेयर
  • अवितरित हकप्रद शेयर खरिदका लागि आज...

अवितरित हकप्रद शेयर खरिदका लागि आज देखि लिबर्टी इनर्जीको बोलपत्र पेश गर्न सकिने

अवितरित हकप्रद शेयर खरिदका लागि आज देखि लिबर्टी इनर्जीको बोलपत्र पेश गर्न सकिने

images
images
बुधवार, माघ २ २०८१
बुधवार, माघ २ २०८१
  • लिबर्टी इनर्जी कम्पनी लिमिटेड (LEC) ले आज (माघ २ गते) देखि अवितरित हकप्रद शेयर लिलाम बिक्री गर्दैछ।

    images
    images

    कम्पनीले १ बराबर ०.५० अनुपातमा निष्काशन तथा बिक्री गरेको हकप्रद शेयरमा आवेदन नपरेको हकप्रद शेयर लिलाम बढाबढ प्रक्रिया मार्फत बिक्री गर्न लागेको हो। कम्पनीले सर्वसाधारण समूहको ८ लाख २६ हजार ५७४ कित्ता अवितिरत हकप्रद शेयर लिलाम बिक्री गर्न लागेको हो।

    सो शेयर खरिदका लागि इच्छुक लगानीकर्ताले माघ ९ गते भित्र बोलपत्र पेश गर्नुपर्नेछ। शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ। बोलकबोल पेश गर्दा न्यूनतम १०० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतम शेयर संख्यामा कुनै हद तोकिएको छैन।

    images
    images

    कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै प्रभु बैंकका विराटनगर, बीरगंज, जाउलाखेल, हेटौँडा, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखा कार्यालयबाट बोलपत्र आवेदन फाराम प्राप्त गर्न र बुझाउन सक्नेछन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend