images

२०८३ कार्तिक १ गते

images
images
images
  • शेयर
  • नेप्से१५.५४ अंकले घट्यो, ६ अर्ब...

नेप्से१५.५४ अंकले घट्यो, ६ अर्ब ६५ करोडको कारोबार

नेप्से१५.५४ अंकले घट्यो, ६ अर्ब ६५ करोडको कारोबार

images
images
सोमवार, पौष २९ २०८१
सोमवार, पौष २९ २०८१
  • काठमाडौँ । साताको दोस्रो कारोबार दिन पनि नेप्स परिसूचक घटेको छ । आइतबार​ २५ दशमलव ४१ अंकले घटेर दुई हजार ६०९.६७ बिन्दुमा झरेको बजार आज १५.५४ अंकले घटेर दुई हजार ५९४.१३ अंकमा झरेको हो ।

    images
    images

    यसदिन कारोबार रकम भने उचालिएको छ । आइतबार तीन अर्ब ९९ करोड ७९ लाख रुपैयाँको ८० लाख ८१ हजार ६३१ कित्ता शेयर खरिदबिक्री भएकोमा आज छ अर्ब ६५ करोड ८ लाख रुपैयाँ बराबरको १ करोड ३८ लाख ७० हजार ५७९ कित्ता शेयर कारोबार भएको हो ।

    यसदिन १३ वटै उपसमूहको शेयर घटेकोमा कारोबारमा आएका २४३ कम्पनीमध्ये १७५ कम्पनीको शेयर घटेको छ । ६३ कम्पनीको शेयरमूल्य बढ्दा पाँचवटाको भने स्थिर रहेको छ ।

    images
    images

    सोमबार आत्मनिर्भर लघुवित्त र सिन्धु विकास बैंकका लगानीकर्ताको शेयरमा नकारात्मक सर्किट लाग्दा बाराही हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतले कमाएका छन् ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend