images

२०८३ आश्विन २० गते

images
images
images

जीवन विकास लघुवित्तको अध्यक्षमा सुवेदी चयन

जीवन विकास लघुवित्तको अध्यक्षमा सुवेदी चयन

images
images
सोमवार, पौष २९ २०८१
सोमवार, पौष २९ २०८१
  • काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको सञ्चालक समिति अध्यक्षमा विक्रमराज सुवेदी चयन भएका छन् ।

    images
    images

    आइतबार संस्थापक समूहबाट सुवेदीसँगै प्रकाशकुमार श्रेष्ठ, श्यामचन्द्र खतिवडा र इन्द्रनारायण देव वैश्य सञ्चालकमा निर्वाचित भएका थिए । आइतबार नै बसेको सञ्चालक समितिको बैठकले सुवेदीलाई दोस्रो कार्यकालका लागि अध्यक्ष चयन गरेको हो । 

    जीवन विकासको संस्थापक समूहबाटको प्रतिनिधित्व गर्ने सुबेदी यसअघि पनि अध्यक्ष थिए । आइतबार केन्द्रीय कार्यालय कटहरिमा भएको छैंटौं साधारण सभामा संस्थापक समूहबाट चार सञ्चालक सदस्यका लागि पाँच जनाको उम्मेदवारी परेको थियो । निर्वाचनमा सुवेदीसँगै श्रेष्ठ, खतिवडा र देव दोस्रो कार्यकालका लागि विजयी भएका  हुन् । 

    images
    images

    निर्वाचित सञ्चालक समितिको पदावधि चार वर्षको हुनेछ । सञ्चालकको निर्वाचनमा संस्थापक सेयर सदस्यहरूले मतदान गर्न पाउँछन् । लघुवित्तको केन्द्रीय कार्यालयमा भएको साधारण सभाले १४ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव पारित गरेको थियो ।जीवन विकास समाजद्वारा प्रवर्धित जीवन विकास लघुवित्त वित्तीय संस्थाले १६० वटा शाखा मार्फत ३१ जिल्लामा वित्तीय सेवा प्रवाह गरिरहेको छ । 

    जीवन विकासको कुल सम्पत्ति २८ अर्ब २२ करोड ९७ लाख ४ हजार छ । १० अर्ब ५३ करोड ३० लाख निक्षेप सङ्कलन गरेको जीवन विकासले २७ अर्ब २१ करोड ४४ लाख  ५० हजार रुपैयाँ रुपैयाँ लगानी गरेको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend