images

२०८३ आश्विन १८ गते

images
images
images

पिपुल्स हाइड्रोपावरको साधारण सभा सम्पन्न

पिपुल्स हाइड्रोपावरको साधारण सभा सम्पन्न

images
images
सोमवार, पौष २९ २०८१
सोमवार, पौष २९ २०८१
  • काठमाडौं ।  पिपुल्स हाइड्रोपावरको सत्रौँ वार्षिक साधारण सभा पुस २८ गते क्वालिटी बैंकेट, बुद्धनगर, काठमाडौंमा सम्पन्न भएको छ । 

    images
    images

    सभाले सञ्चालक समितिको सत्रौँ वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ । लेखा परीक्षकद्वारा प्रस्तुत आर्थिक वर्ष २०८०\ ०८१ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायत सोसँग सम्बन्धित अनुसूचीहरू उपर छलफल गरी पारित गरेको छ । सभाले आर्थिक वर्ष २०८१\०८२ को लागि लेखा परीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गरेको छ ।

    सभाले कम्पनीको १६ औं वार्षिक साधारण सभाबाट चुक्ता पुँजीको २ः१ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने सम्बन्धी भएको निर्णय संचालक समितिको मिति २०८१ पुस ४ गते साँझ ५ बजे बसेको बैठकले पुनरवलोकन गरी हाल कायम चुक्ता पुँजीको १ः१ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने सम्बन्धमा विद्युत् नियमन आयोगबाट पूर्व स्वीकृति लिई विद्युत् नियमन आयोगमा पूर्व स्वीकृतिको लागि निवेदन पेस गरिएको हकप्रद शेयर निष्काशन गर्ने र सो अनुसार प्राप्त हुने रकमको उपयोग गर्ने विषयमा संचालक समितिले गरेको निर्णय पारित गरेको छ ।

    images
    images

    सभाले जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने गरी प्रबन्ध पत्रको दफा ६ मा आवश्यक संशोधन गर्ने, उपरोक्त बमोजिम पारित सामान्य तथा विशेष प्रस्ताव स्वीकृतिको लागि पेस हुँदा नियमनकारी निकायबाट कुनै पनि विषयमा संशोधन वा परिवर्तन गर्न कुनै निर्देशन वा कैफियत प्राप्त भएमा सो समेत मिलाई संशोधन वा परिवर्तन गर्न तथा हकप्रद शेयर निष्काशन सम्बन्धमा थप अन्य कार्यहरू समेत गर्न परेमा सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने लगायतका विविध प्रस्ताव पारित गरेको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend