images

२०८३ आश्विन २५ गते

images
images
images

विश्व अर्थतन्त्र यस वर्ष ३.२ प्रतिशतले वृद्धि हुने

विश्व अर्थतन्त्र यस वर्ष ३.२ प्रतिशतले वृद्धि हुने

images
images
अर्थ समाचार
बुधवार, श्रावण २ २०८१
अर्थ समाचार
बुधवार, श्रावण २ २०८१
  • काठमाडौँ । अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) ले अमेरिका र जापानका लािग पूर्वानुमानमा कटौती गरे पनि मुद्रास्फीति जोखिम र व्यापार तनावको चेतावनी दिँदै सन् २०२४ का लागि आफ्नो वैश्विक विकास अपेक्षालाई स्थिर राखेको छ । 

    images
    images

    आफ्नो वर्ल्ड इकोनमिक आउटलुक अपडेटअनुसार आइएमएफले यस वर्ष विश्व अर्थतन्त्र तीन दशमलव दुई प्रतिशतले वृद्धि हुने अपेक्षा गरेको छ । यो अप्रिलको प्रक्षेपणमा अपरिवर्तित छ । 

    “विश्वव्यापी गतिविधि र विश्व व्यापार वर्षको सुरुतिर बलियो भएको छ, एसियाबाट विशेषगरी प्रविधि क्षेत्रमा भएको बलियो निर्यातले व्यापारलाई प्रोत्साहित गरेको छ”, कोषले भनेको छ । कोषले सन् २०२५ का लागि तीन दशमलव तीन प्रतिशतको विश्वव्यापी वृद्धिको अपेक्षा गरेको छ । 

    images
    images

    यस वर्षको पहिलो तीन महिनामा धेरै मुलुकमा अनुमानभन्दा राम्रो वृद्धि देखिएको भए पनि जापान र संयुक्त राज्य अमेरिकामा उल्लेखनीय आश्चर्य भएको कोषले जनाएको छ । 

    वासिङ्टन–आधारित आइएमएफले मुद्रास्फीतिको माथिल्लो जोखिम बढेको र सेवाहरूको मूल्यले अपस्फीति रोकिएको भन्दै सचेत गराएको छ । यसबाट बढ्दो व्यापार तनाव र बढ्दो नीतिगत अनिश्चितताका सन्दर्भमा ब्याज दरहरू लामो समयसम्म उच्च रहने सम्भावनालाई बढाएको छ । 

    आइएमएफका प्रमुख अर्थशास्त्री पियरे–ओलिभियर गौरिन्चसले चिन्ताको क्षेत्र भनेको व्यापार र औद्योगिक नीति रहेको भन्दै देशहरूले सम्भावित रूपमा विश्वव्यापी अर्थतन्त्रको एकीकरणलाई असर गर्ने उपायहरू अपनाइरहेको बताए । 

    नोभेम्बरको चुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार एवं अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या प्रयासपछि जोखिम मूल्याङ्कन परिवर्तन भएको छ कि भन्ने प्रश्नमा गौरिन्चसले कोषले यसको प्रभावलाई विचार गर्ने उल्लेख गरे ।

    विश्व विकास स्थिर प्रतीत भएका बेला आइएमएफले अमेरिका र जापानका लागि अनुमानलाई कम गरेको छ । कोषले भनेको छ, “वर्षको अपेक्षाबाट सुस्त सुरुआतका कारण सन् २०२४ मा अमेरिका विकास दरलाई घटाएर दुई दशमलव छ प्रतिशत बनाइएको छ, यो अप्रिलको पूर्वानुमानभन्दा शून्य दशमलव एक प्रतिशत अङ्क कम हो ।”

    जापानको अर्थतन्त्रमा यस वर्ष अपेक्षाभन्दा शून्य दशमलव दुई प्रतिशत अङ्क कम अर्थात शून्य दशमलव सात प्रतिशतले आर्थिक वृद्धि भएको देखिएको छ । यसको मुख्य कारण अस्थायी आपूर्तिमा अवरोध र पहिलो त्रैमासिकमा कमजोर निजी लगानी थियो । 

    यसैबीच युरो क्षेत्रमा अपेक्षाकृत मजबुत सेवा गतिविधिका साथ सुधारको सङ्केत देखिए पनि निर्मार्ण क्षेत्रमा कमजोरी देखिएको गौरिन्चसले बताए । 

    चीन र भारतले एसियामा गतिविधि बढ्ने अपेक्षा गरिएको छ । चीनको सन् २०२४ प्रक्षेपणमा निजी खपतमा उछाल र बलियो निर्यातमा पाँच प्रतिशतसम्म परिमार्जन गरिएको छ ।

    यसैबीच भारत उपभोगका लागि राम्रो सम्भावनाहरूमा आंशिक रूपमा सात प्रतिशत वृद्धि गर्नसक्नेछ ।

    घरेलु माग कमजोर भएको अवस्थामा चीन बाह्य क्षेत्रमा बढी भर पर्नेछ । यो अवस्था हो जसका विरुद्ध संयुक्त राज्य अमेरिका जस्ता देशहरूले पछि हटिरहेका छन् ।

    आइएमएफले नयाँ सिराबाट व्यापार वा भू–राजनीतिक तनावका बीच टाँसिने मुद्रास्फीतिको जोखिम पनि रहने चेतावनी दिएको छ । यद्यपि यसले मुद्रास्फीति सन् २०२५ को अन्त्यसम्ममा लक्ष्यमा फर्किने अपेक्षा गरेको छ ।

    आइएमएफले व्यापार तनाव बढ्दा आयातित वस्तुहरूको लागत बढेर निकट अवधिमा मुद्रास्फीतिको जोखिम पनि बढ्नसक्ने बताएको छ । कोषले सावधानीपूर्वक मौद्रिक नीति समायोजन गर्न आग्रह गरेको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend