images

२०८३ आश्विन १८ गते

images
images
images
  • उर्जा
  • ७२ करोड बक्यौता नतिरेपछि प्राधिकरणले झण्डै...

७२ करोड बक्यौता नतिरेपछि प्राधिकरणले झण्डै १९ हजार ग्राहकको लाइन काट्यो

७२ करोड बक्यौता नतिरेपछि प्राधिकरणले झण्डै १९ हजार ग्राहकको लाइन काट्यो

images
images
सोमवार, पौष २९ २०८१
सोमवार, पौष २९ २०८१
  • काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बक्यौता नतिरेको भन्दै १८ हजार ७९७ ग्राहकको लाइन काटेको छ । पुस २ गतेदेखि २६ गतेसम्म ७१ करोड ७६ नख ८५ हजार रुपैयाँ बक्यौता रहेका साना ग्राहकको लाइन काटेको हो ।

    images
    images

    प्राधिकरणले उपलब्ध गराएको तथ्यांकअनुसार कोशी प्रदेश, प्रादेशिक कार्यालय, विराटनगरले  ३ हजार १४८ ग्राहकको  लाइन काटेको छ । ती ग्राहकका ३ करोड ४३ लाख ७२ हजार रुपैयाँ बक्यौता  छ ।मधेश प्रदेश प्रादेशिक कार्यालय, जनकपुर ६ हजार ३६८ ग्राहकको लाइन काटेको छ । यो कार्यालयले सबैभन्दा धेरै ग्राहकको लाइन काटेको हो । यो कार्यालय मातहत १८ करोड ११ लाख ४ हजार रुपैयाँ बक्यौता छ ।

    बागमती प्रदेश, प्रदेश डिभिजन कार्यालय,हेटौंडाले ७०४ ग्राहकको लाइन काटेको छ । जसको २ करोड ५९ लाख ५१  हजार रुपैयाँ बक्यौता छ । गण्डकी प्रादेशिक कार्यालय, पोखराले १ हजार १३० ग्राहकको १ करोड ५७ लख ९८ हजार रुपैयाँ बक्यौता भएको भन्दै लाइन काटेको छ । लुम्बिनी प्रदेश, प्रदेश  डिभिजन कार्यालय, नेपालगञ्जले १हजार ५४४ ग्राहकको १ करोड २१ लाख ४८ हजार बक्यौता रहेको भन्दै लाइन काटेको छ ।

    images
    images

    कर्णाली प्रादेशिक कार्यालय,सुर्खेतले १ हजार ८१ जना ग्राहकको २ करोड ५३ लाख ९५ हजार रुपैयाँ बक्यौता रहेको भन्दै लाइन काटेको छ । सुदुरपश्चिम प्रादेशिक कार्यालय, अत्तरियाले ८ सय ८८ जना ग्राहकको लाइन काटेको छ । ती ग्राहकको २ करोड ५३ लाख ९५  हजार रुपैयाँ बक्यौता छ ।

    नेपाल विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक मनोज सिलवाल लाइन नकाटी बक्यौता नै नउठ्ने भएपछि आफूहरु बाध्य भएको बताउँछन् । लाइन काटेपछि मात्रै बक्यौता उठ्ने गरेको उनी बताउँछन् । उनले यो वर्ष १ लाखभन्दा बढी ग्राहकको लाइन काटिने बताए ।प्राधिकरणको विद्युत महसुल संकलन विनियमावली, २०७८ मा मिटर रिडिङ गरेको ६० औं दिनसम्म विद्यत् महसुल नुबझाएमा बिना सूचना जनसुकै समयमा लाइन काट्न सकिने व्यवस्था छ ।

    मिटर रिडिङ भएको १६औं दिनसम्म महसुल नतिरेमा थप दस्तुर आकर्षित हुने व्यवस्था छ । मिटर रिडिङ भएको मितिले १६औं दिनदेखि ३०औं दिनसम्म ५ प्रतिशतका दरले र ३१औं दिनदेखि ४०औं दिनसम्म १० प्रतिशतका दरले थप दस्तुर लाग्ने प्रावधान छ ।मिटर रिडिङ भएको मितिले ४० औं दिनसम्म पनि विद्युत महशुल नबुझाउने उपभोक्तालाई ४१ औं दिनदेखि बिलको २५ प्रतिशतकाका दरले थप दस्तुर लाग्ने व्यवस्था रहेको छ । यसरी २५ प्रतिशतका दरले थपदस्तुर लागेको ६०औं दिनसम्म पनि बक्यौता महशुल नबुझाउने उपभोक्ताको विद्युत लाइन जुन सुकै बेला काट्न सकिने प्रावधान छ ।

    प्राधिकरणको पछिल्लो समय बक्यौता बढ्दो छ । प्राधिकरणका अनुसार डेडिकेटेड फिडर तथा ट्रंकलाइनको ६ अर्ब ६० करोड रुपैयाँ बक्यौता छ । तर उद्योगीहरुले भने प्राधिकरणले फर्जी बिल काटेको दाबी गर्दै आएका छन् । स्थानीय तहहरुले ६ अर्ब रुपैयाँभन्दा बढी बक्यौता तिरेका छैनन्

    कति लाइन जोडियो ?

    यो अवधिमा १३ हजार ७७३ ग्राहकको लाइन जोडिएको छ । २२ करोड ३७ लाख रुपैयाँ बक्यौता तिरेपछि उनीहरुको लाइन जोडिएको हो । लाइन काटिएका अधिकांश ग्राहस्त वर्गका साना ग्राहकहरु रहेका छन् ।  

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend