images

२०८३ कार्तिक १ गते

images
images
images
  • शेयर
  • माघ ९ गतेदेखि ऋणपत्र बिक्री गर्दै...

माघ ९ गतेदेखि ऋणपत्र बिक्री गर्दै आइसिएफसी फाइनान्स, ब्याजदर कति पाइन्छ?

माघ ९ गतेदेखि ऋणपत्र बिक्री गर्दै आइसिएफसी फाइनान्स, ब्याजदर कति पाइन्छ?

images
images
सोमवार, पौष २९ २०८१
सोमवार, पौष २९ २०८१
  • काठमाडौं । आइसिएफसी फाइनान्स लिमिटेडले माघ ९ गतेदेखि ऋणपत्र बिक्री खुला गर्ने भएको छ।७ वर्ष अवधिको वार्षिक ९ प्रतिशत ब्याजदरमा '९ प्रतिशत आइसिएफसी फाइनान्स लिमिटेड डिबेञ्चर २०८८' निष्कासन गर्न लागेको हो।कम्पनीले प्रतिऋणपत्र एक हजार अंकित दरका ३० करोड रूपैयाँ बराबरको ३ लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो।

    images
    images

    सोमध्ये १८ करोड रूपैयाँ बराबरको १ लाख ८० हजार कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने बाँकी १२ करोड रूपैयाँ बराबरको १ लाख २० हजार कित्ता सर्वसाधारणमा बाँडफाँट गरिनेछ।सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ६ हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरूका लागि छुट्याइएको छ।

    सो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ लाख २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।उक्त ऋणपत्रमा माघ १३ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त समयसम्म सम्पूर्ण कित्ताको लागि आवेदन नपरेमा बिक्री अवधि माघ २३ गतेसम्म लम्बिनेछ।

    images
    images

    केयर रेटिङ नेपालले कम्पनीलाई 'केयर एनपी त्रिपल बी माइनस इस्युअर' रेटिङ प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँछ। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ। 

    लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू तथा तिनका तोकिएका शाखा कार्यालयहरूबाट सी–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend