images

२०८३ कार्तिक १ गते

images
images
images
  • शेयर
  • सिद्धार्थ बैंकको नगद लाभांश प्रस्ताव...

सिद्धार्थ बैंकको नगद लाभांश प्रस्ताव पारित

सिद्धार्थ बैंकको नगद लाभांश प्रस्ताव पारित

images
images
सोमवार, पौष २९ २०८१
सोमवार, पौष २९ २०८१
  • काठमाडौं ।  सिद्धार्थ बैंक लिमिटेडको २३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष मनोजकुमार केडियाको अध्यक्षतामा आइतबार २३औं साधारण सभा सम्पन्न भएको हो ।

    images
    images

     साधारण सभाले बैंकको चुक्ता पुँजी १४ अर्ब आठ करो ९९ लाख ८० हजार १८५ रुपैयाँको ४ प्रतिशतका दरले हुने ५६ करोड ३५ लाख ९९ हजार २०८ नगद लाभांश (कर प्रयोजनका लागि समेत) लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको हो । 

    त्यस्तै, सभाले एसबीएल ८.२५ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर सम्बन्धित नियमनकारी निकायको स्वीकृति पश्चात् जारी गर्नेलगायत प्रस्तावहरू पारित गरेको बैंकले जनाएको छ । 

    images
    images

    साथै, बैंकको वार्षिक साधारण सभामा भएको निर्वाचनबाट सञ्चालक समितिमा संस्थापक शेयरधनी समूहको तर्फबाट राहुल अग्रवाल, दिनेश शंकर पालिखे र वीरेन्द्र कुमार शाह निर्विरोध निर्वाचित भएका छन् ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend