images

२०८३ कार्तिक १ गते

images
images
images
  • शेयर
  • टीएमएस बिग्रेको समस्या पहिचान हुन बाँकी...

टीएमएस बिग्रेको समस्या पहिचान हुन बाँकी : नेप्से

टीएमएस बिग्रेको समस्या पहिचान हुन बाँकी : नेप्से

images
images
आइतवार, पौष २८ २०८१
आइतवार, पौष २८ २०८१
  • काठमाडौं ।शेयर लगानीकर्ताले आइतबार ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) बिग्रिएको गुनासो प्रति नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले चासो देखाएको छ । 

    images
    images

    नेप्सेले कारोबार नभएको कुरा बारेमा ब्रोकरसँग बुझिरहेको तर जानकारी आउन नसकेको बताएको छ । 

    नेप्सेले सामाजिक सञ्जाल फेसबुकमा लेखेको छ–‘मिति २०८१/०९/२८ गते विभिन्न लगानीकर्ताहरूबाट कारोबार व्यवस्थापन प्रणाली ट्रेड म्यानेजमेन्ट सिस्टम, टीएमएस) मार्फत खरिद तथा विक्री आदेश प्रविष्ट गर्न नसकेको गुनासो आएको सम्बन्धमा सम्बन्धित सदस्य दलालसँग  बुझ्दा समस्याको पहिचान हुन बाँकी रहेको जानकारी प्राप्त भएको छ । यस दिन नेप्सेको कारोबार प्रणाली (म्याचिंग इन्जिन) साबिकमा झैँ नियमित सञ्चालनमा रहेको र ४६६१४ कारोबारबाट झन्डै ४ अर्ब रुपैयाँ बराबरको धितो पत्र खरिदबिक्री भएको  जानकारी गराउन चाहन्छौँ ।’

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend