images

२०८३ कार्तिक १ गते

images
images
images
  • शेयर
  • माउण्टेन इनर्जी नेपालले १५ प्रतिशत बोनस...

माउण्टेन इनर्जी नेपालले १५ प्रतिशत बोनस दिने, ५० प्रतिशत हकप्रद ल्याउँदै

माउण्टेन इनर्जी नेपालले १५ प्रतिशत बोनस दिने, ५० प्रतिशत हकप्रद ल्याउँदै

images
images
आइतवार, पौष २८ २०८१
आइतवार, पौष २८ २०८१
  • काठमाडौं । माउण्टेन इनर्जी नेपाल लिमिटेडले  १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७८९५ प्रतिशत नगद लाभांश गरि कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । साथै १५ प्रतिशत बोनस सेयरपछि कायम हुने चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ ।

    images
    images

    आइतबार सम्पन्न माउण्टेन इनर्जी नेपाल लिमिटेडको आर्थिक वर्ष २०८०/८१ को साधारणसभाले बोनस सेयर र हकप्रद निष्कासन गर्ने निर्णय गरेको हो ।१५ प्रतिशत बोनस शेयर वितरण पछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ६० करोड २७ लाख १५ हजार रुपैयाँ हुन आउछ । सो चुक्ता पुँजी १:०.५० अनुपातमा १ अर्ब ३० करोड १३ लाख ५७ हजार ८ सय ५४ रुपैयाँ बराबरको १ करोड ३० लाख १३ हजार ५ सय ७८ दशमलव ५४ कित्ता हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव कम्पनीको साधारणसभाले पारित गरेको छ । कम्पनीले ६५ मेगावाटको  दुध खोला जलविद्युत आयोजनामा लगानी गर्ने प्रयोजनको लागि  हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।

     साधारणसभाले  संचालक समितिको तर्फबाट प्रस्तुत आव २०८०/८१ को वार्षिक प्रतिवेदन, कम्पनीको लेखापरिक्षकको प्रतिवेदन, सहित २०८१ आषाढ मसान्त सम्मको वासलात,२०८०/८१ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वार्षिक वित्तिय विवरणसंग सम्वद्ध अनुसूचिहरु पारित गरेको छ ।साधारणसभाले एक जना महिला संचालकमा रचना अधिकारीलाई निर्विरोध निर्वाचित गरेको छ  । सभाबाट  कम्पनीको प्रबन्ध पत्र र  नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पनि पारित गरेको छ । 

    images
    images

    यस कम्पनीले ४२ मेगावाटको मिस्ट्री खोला र ५ मेगावाटको तादीखोला आयोजनाबाट विद्युत उत्पादन गरिरहेको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend