images

२०८३ आश्विन २५ गते

images
images
images

स्वदेशमा उत्पादित जडीबुटीको बजारीकरण गर्नुपर्नेमा जोड

स्वदेशमा उत्पादित जडीबुटीको बजारीकरण गर्नुपर्नेमा जोड

images
images
अर्थ समाचार
मंगलवार, श्रावण १ २०८१
अर्थ समाचार
मंगलवार, श्रावण १ २०८१
  • काठमाडौं । जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको स्थलगत अवलोकन गर्दे सांसदहरुले नेपालमा उत्पादित जडीबुटीको प्रभावकारी रुपमा बजारीकरण गर्नुपर्नेमा जोड दिएका छन् । आज राष्ट्रियसभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सांसदहरुले लिमिटेडको भ्रमण गर्दै त्यहाँको वस्तुस्थितिबारे जानकारी लिए । 

    images
    images

    छलफलका क्रममा सांसद मदनकुमारी शाहले लिमिटेडका उत्पादन बजारीकरणको तहमा कमजोर रहेको भन्दै यसमा जोड दिन आग्रह गरे । उनी लगायत अरु सांसदहरुले पनि नेपालमा उत्पादित जडीबुटीका उत्पादन प्रयोग गरौँ भन्ने खालका सन्देश प्रवाह गर्नुपर्ने धारणा राखे । 

    सांसद पदमबहादुर परियारले भने, “उत्पादित वस्तुलाई बिक्री गर्न पनि प्रक्रियागत झण्झटका कारण समस्या रहेछ । व्यापार गर्ने संस्थाको कार्यविधि नै पो परिवर्तन गर्नुपर्ने हो की यसमा सोच्नुपर्छ ।” नेपाल जडीबुटीको क्षेत्रमा ठूलो सम्भावना बोकेको र आर्थिक क्षेत्रमा ठूलो टेवा पु¥याउन  सक्ने भएकाले यसको खोज, अनुसन्धान, उत्पादनमा प्राथमिकता दिनुपर्ने सांसदहरुको भनाइ थियो ।

    images
    images

    समितिका सभापति मायाप्रसाद शर्माले लिमिटेडका पदाधिकारीलाई यसका समस्या लिपिबद्ध गरेर समितिलाई पठाउन र अगामी दिनमा थप छलफल गरी सरोकारवालालाई झक्झक्याउन काम गरिने आश्वस्त पारे । लिमिटेडकी महाप्रबन्धक सङ्गीता यादवले आगामी दिनमा ७७ वटै जिल्ला र सातवटै प्रदेशमा शाखा विस्तार गर्ने लक्ष्य रहेको बताइन् । 

    उनले भनिन्, “हामीले बजारको अध्ययन गर्दै आफ्ना उत्पादन बढाउँदै लगेका छौँ । यो वर्षदेखि शुद्ध मह पनि ल्याउने तयारीमा छौँ । हाते प्रविधिबाट सञ्चालित सञ्चो उत्पादन हाल स्वाचालित अत्याधुनिक मेसिनबाट उत्पादन हुँदै आएको छ । जसले गर्दा उत्पादन क्षमतामा पनि वृद्धि भएको छ ।”

    सञ्चालक समितिका अध्यक्ष डा. सिन्धुप्रसाद ढुङ्गानाले बजारीकरणका सम्बन्धमा समस्या देखिँदै आएको बताए । उनले भने, “प्रतिस्पर्धाको जमाना छ । कतिपय सामानका बजारभाउ अनुसार बेच्न नसकिएको अवस्था छ । प्रक्रियागत हिसाबले भाउ तोक्दा अर्को पटक भाउ फेरिसकेको हुन्छ । जसले गर्दा बिक्रीमा असर पुग्छ ।”

    विसं २०३८ मा स्थापना भएको लिमिटेड सरकारी स्वामित्व भएको संस्था हो । लिमिटेडले नेपालमै पाइने जडीबुटीको कच्चापदार्थबाट सञ्चो, सञ्चो बाम, दुखाइ कम गर्ने तेल, ह्यान्ड सेनिटाइजर, शिलाजित तथा विभिन्न औषधि तथा सुगन्धित तेल उत्पादन गर्दै आइरहेको छ । 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend