images

२०८३ कार्तिक १ गते

images
images
images
  • शेयर
  • कुमारी बैंकको २४औं वार्षिक साधारणसभा...

कुमारी बैंकको २४औं वार्षिक साधारणसभा माघ २१ गते

कुमारी बैंकको २४औं वार्षिक साधारणसभा माघ २१ गते

images
images
आइतवार, पौष २८ २०८१
आइतवार, पौष २८ २०८१
  • काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्नो २४औं वार्षिक साधारणसभा माघ २१ गते आयोजना गर्ने भएको छ। यो सभा काठमाडौंको टुंडिखेलस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ बजेबाट सुरु हुनेछ।

    images
    images

    सभामा गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय भइसकेकाले लाभांशसम्बन्धी कुनै प्रस्ताव समावेश गरिएको छैन।

    सभामा बैंकको वार्षिक प्रतिवेदन र वित्तीय विवरण अनुमोदन गर्नेदेखि लिएर, चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण जस्ता एजेन्डामा छलफल हुनेछ। साथै, बैंकको सहायक कम्पनीहरू—कुमारी क्यापिटल र के.बि.एल. सेक्युरिटिज लिमिटेडको वित्तीय विवरण पनि अनुमोदन गरिनेछ।

    images
    images

    साधारणसभाका लागि बैंकले माघ ११ गते बुक क्लोज गर्ने जानकारी गराएको छ। त्यसअन्तर्गत, माघ १० गतेसम्म सेयर खरीद गरी नाम दर्ता गरेका सेयरधनीले साधारणसभामा भाग लिन र मताधिकार प्रयोग गर्न पाउनेछन्।यस वर्ष सेयरधनीहरूले लाभांशको आशा गर्न नसके पनि, बैंकले आर्थिक तथा व्यवस्थापकीय पक्षमा ध्यान केन्द्रित गर्ने संकेत दिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend