images

२०८३ कार्तिक १ गते

images
images
images

आरविवि सेक्युरिटीजको वार्षिक साधारण सभा सम्पन्न

आरविवि सेक्युरिटीजको वार्षिक साधारण सभा सम्पन्न

images
images
शुक्रवार, पौष २६ २०८१
शुक्रवार, पौष २६ २०८१
  • काठमाडौं ।  राष्ट्रिय वाणिज्य बैंकको पूर्ण स्वामित्वमा सञ्चालित सहायक कम्पनी आरविवि सेक्युरिटीज कम्पनी लिमिटेडको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । 

    images
    images

    सञ्चालक समितिका अध्यक्ष एवं राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत देवेश प्रसाद लोहनीको अध्यक्षतामा शुक्रबार साधारणसभा सम्पन्न भएको हो । साधारण सभाले आ।व। २०८०/०८१ को कम्पनीको वार्षिक प्रतिवेदन प्रस्ताव पारित गरेको छ । 

    साधारण सभामा प्रमुख अतिथि एवं बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले हाल सहरी क्षेत्रमा मात्र सीमित रहेको ब्रोकर सेवालाई ग्रामीण क्षेत्रमा समेत विस्तार गर्ने दीर्घकालीन सोच अनुरूप रणनीति तयार गरी आफ्नो कार्यक्षेत्र विस्तार गर्दै लैजाने र ग्रामीण क्षेत्रमा रहेका जनताहरूले पनि ब्रोकर सेवा लिन सकिने वातावरण बनाउनुपर्ने  बताए । 

    images
    images

    आरविवि सेक्युरिटीज कम्पनीका प्रमुख कार्यकारी अधिकृत वेनी श्रेष्ठले हाल २० करोड चुक्तापुँजी रहेको कम्पनीले धितोपत्र व्यवसायको व्यावसायिक कारोबार९ब्रोकर० असार २६ गतेबाट सुरु गरेको बताए ।  नेपाल स्टक एक्सचेन्जबाट सदस्यता नम्बर ९७ प्राप्त गरेको आरविवि सेक्युरिटीज कम्पनीले ब्रोकर, मार्जिन, थोक कारोबार तथा अन्य पुँजीबजार सम्बन्धी सेवाहरू प्रदान गरिरहेको छ ।

    साधारण सभामा आरविवि सेक्युरिटीज कम्पनी लिमिटेडका सञ्चालकहरू गायत्री श्रेष्ठ, राज्य लक्ष्मी खड्गी, शेयरधनीका प्रतिनिधि एवं बैंकका विभागीय प्रमुख आनन्द सुवेदी, बैंकका उपकार्यकारी अधिकृतहरू विमल डंगोल, पवन रेग्मी, विनयरमण पौडेल, दुर्गा कुमारी कँडेल, रामकुमार थापा, कम्पनी रजिस्ट्रार कार्यालयका उपरजिस्ट्रार देवीप्रसाद सुवेदी, बाह्य लेखापरीक्षक सिए आनन्दराज शर्मा वाग्ले लगायत आरविवि सेक्युरिटीजका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend