images

२०८३ आश्विन २२ गते

images
images
images
  • स्वास्थ्य
  • मोबाइल वा कम्प्युटर धेरै हेर्दा देखिन्छन्...

मोबाइल वा कम्प्युटर धेरै हेर्दा देखिन्छन् यस्ता स्वास्थ्य समस्या, जोगिने कसरी ?

मोबाइल वा कम्प्युटर धेरै हेर्दा देखिन्छन् यस्ता स्वास्थ्य समस्या, जोगिने कसरी ?

images
images
शुक्रवार, पौष २६ २०८१
शुक्रवार, पौष २६ २०८१
  • काठमाडौं । आफ्नो कामबाट खाली हुनुभयो भने तपाईं के गर्नुहुन्छ ? पक्कै पनि फोन निकालेर स्क्रोल गर्न थाल्नुहुन्छ होला । सबैजसो सामाजिक सञ्जालमा अकाउन्ट छँदै छ, मेसेजिङ एपमा नोटिफिकेसन उस्तै छन् । यस्तोमा सबै नोटिफिकेसन हेरेर मेसेजको रिप्लाई दिनै पर्‍यो । यतिबेला तपाईंको ‘स्क्रिनटाइम’ अन हुन्छ ।  

    images
    images

    यस्तो व्यस्त समयमा मनोरञ्जन पनि लिनै पर्‍यो । त्यसका लागि फिल्म वा मनपर्ने कुनै सिरियल छुटाउनै भएन । यो पनि स्क्रिनटाइममै गएर जोडियो । अफिसमा लामो समयसम्म कम्प्युटरमा बसेर काम गर्नुपर्‍यो, फेरि यता पनि स्क्रिनटाइम जोडिहाल्यो । सामान्य अर्थमा भन्नुपर्दा स्क्रिनमा हेरिरहनु नै स्क्रिनटाइम हो । 

    यति लामो समय सम्म स्क्रिनमा रहँदा स्क्रिनटाइम पनि बढ्छ । अब  यसको परिणाम टाउको दुख्न थाल्छ । त्यसैले, यसबाट जोगिन ब्रेक लिनुपर्ने हुन्छ । तपाईंलाई पनि कहिलेकाहीँ टाउको दुख्ने समस्या त पक्कै भएको होला । अहिले यो टाउको दुखाइलाई स्क्रोलिङ र स्क्रिन टाइमसँग जोडेर हेर्ने गरिएको छ । डाक्टरका अनुसार टाउको दुख्ने धेरै कारण हुन सक्छन् । खासगरी थकान, ग्यासट्राइटिस, निन्द्राको कमी, तनाव वा रक्सीको सेवनले टाउको दुखाउन सक्छ । तर, यसैमा लामो समयसम्म स्क्रिन हेर्नु पनि टाउको दुखाइको कारणका रूपमा जोडिने गरेको छ ।

    images
    images

    मोबाइल, ल्यापटप वा टिभीजस्ता डिभाइसहरू लामो समयसम्म हेर्दा पनि टाउको दुखाइको समस्या देखिन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार धेरै लामो समयसम्म स्क्रिन हेर्दा आँखामा तनाव पर्न सक्छ । आँखा सुख्खा हुन्छन् । यसले गर्दा टाउको दुखाइको समस्यालाई बल मिल्छ । लामो समयसम्म स्क्रिन हेर्दा टाउको दुखाइको समस्यालाई कसरी बल पुग्छ होला ? डाक्टरहरूको अनुसार यदि तपाईं लामो समयसम्म स्क्रिन हेर्दै वा त्यसमा काम गर्दै बस्नुहुन्छ भने तपाईंको गर्दन झुकेको अवस्थामा रहन सक्छ । यसले तपाईंको स्पाइन (मेरुदण्ड)मा तनाव उत्पन्न गर्छ । जसका कारण टाउको दुखाइको समस्या देखिन्छ । 

    तपाईंको बसाई गलत छ भने त्यसले तपाईंको काँध र गर्दनमा थप तनाव पुर्याउन सक्छ । यसले टाउको दुख्ने समस्या निम्त्याउन सक्छ । टेन्सन हेडेक (तनावका कारण हुने टाउको दुखाइ) चारमध्ये तीन वयस्कलाई प्रभाव पार्न सक्छ । जसमा किशोरकिशोरी पनि समावेश छन् ।त्यस्तै स्क्रिनबाट आउने उच्च गतिको प्रकाश पनि टाउको दुखाइको कारण हुन सक्छ । डाक्टरहरू भन्छन्, यो स्क्रिनबाट आउने लाइटले मान्छेको मस्तिष्कमा केमिकलको स्तर बढाउन सक्छ । लामो समयसम्म स्क्रिन हेर्दा आँखामा तनाव (आई स्ट्रेन) बढ्छ जसका कारण टाउको दुख्न सक्छ ।

    टाउको दुखाइलाई के कस्ता कारणले बल दिन्छ भन्ने विषयमा थप अन्वेषण भइरहेको छ । चाहे त्यो खराब तरिकाको बसाइ होस्, स्क्रिनको दूरी, तनाव, आँखाको तनाव वा स्क्रिनबाट निस्किने उच्च गतिको प्रकाश होस्, यी सबै विषयमा अनुसन्धान भइरहेको छ ।“टाउको दुख्ने समस्या बढ्दै गएको छ किनभने हाम्रो समाज अहिले सात दिन चौबिसै घण्टा सक्रिय समाज बनेको छ,” बीबीसी हिन्दीसँग कुरा गर्दै न्युरोलोजिस्ट डा. मञ्जरी त्रिपाठी भन्छिन्, “बच्चा र युवाहरू निन्द्रा त्यागेर रातभर काम गरिरहेका हुन्छन् ।”

    उनी अगाडि भन्छिन्, “आजकल बालबालिका धेरैजसो मोबाइल, टिभी हेर्छन् र सामाजिक सञ्जाल (सोसल मिडिया) मा सक्रिय रहन्छन् । भर्चुअल संसारको प्रयोग निकै बढेको छ । यसका कारण टाउको दुखाइ पनि स्क्रिन टाइमसँग सम्बन्धित हुने गरेको पाइन्छ ।”जति धेरै हामी कृत्रिम प्रकाश (आर्टिफिसियल लाइट) र स्क्रिन टाइमको सम्पर्कमा आउछौं टाउको दुख्ने समस्या त्यति नै बढ्ने सम्भावना रहेको डा. त्रिपाठीको भनाइ छ । “हामीले अनुसन्धान पनि गरेका थियौं त्यसले पनि के देखाएको छ भने यदि स्क्रिन टाइम कम गरियो भने टाउको दुखाइ कम हुन्छ,” उनले थपिन् । 

    यी निलो प्रकाश (ब्लु लाइट) उत्सर्जन गर्ने डिभाइसको प्रयोगले निन्द्रामा पनि बाधा पुर्‍याउन सक्छ । धेरै किशोरकिशोरीहरू रातभर यस्ता डिभाइस चलाउँछन् जसले उनीहरूको स्मरण शक्ति (याद गर्ने शक्ति) मा पनि असर पार्न सक्ने डाक्टरहरू बताउँछन् ।“लगातार सामाजिक सञ्जालको प्रयोगलाई एक प्रकारको ‘सफ्ट एडिक्सन’ (मन्द लत) मानिन्छ । जो व्यक्ति लगातार सामाजिक सञ्जालको सम्पर्कमा रहन्छन् उनीहरुलाई ‘ब्रेन रट’ भन्ने गरिन्छ,” डा. त्रिपाठीले भनिन्, “यस्तो अवस्थामा, मानिसहरूको स्मरण शक्ति कमजोर हुन थाल्छ, टाउको दुख्ने समस्या देखा पर्छ र दिमागमा ‘फग’ (ब्रेन फग) जस्तो महसुस हुन्छ ।”

    ‘ब्रेन रट’ का कारण मस्तिष्कले सामान्य रूपले काम गर्न सक्दैन । त्यस्तै अर्को शब्द ‘पपकर्न ब्रेन’ पनि प्रयोगमा आएको छ । यसले त्यो अवस्थालाई जनाउँछ जहाँ हाम्रो मस्तिष्क निरन्तर एक विषयबाट अर्को विषयमा सर्न थाल्छ । यसले गर्दा स्मरण शक्ति सही रूपमा विकास नै हुन सक्दैन ।यस्ता मन्द किसिमका लतले टाउको दुख्ने समस्या, स्मरण शक्ति कमजोर हुने र मानसिक थकान बढाउने काम गर्छन् । निरन्तर स्क्रोलिङ र मल्टिटास्किङले मानिसको ध्यान केन्द्रित गर्ने क्षमतामा गम्भीर असर पुर्याउँदैछ ।

    स्क्रीन स्ट्रेसलाई कसरी कम गर्न सकिन्छ ? विश्व स्वास्थ्य सङ्गठनका अनुसार २० मिनेटसम्म काम गरेपछि (स्क्रिन हेरेपछि) २० सेकेन्डका लागि २० फिट टाढा कुनै चिज हेर्नुपर्ने हुन्छ । अर्थात ब्रेक लिनुपर्ने हुन्छ । तपाईंको डिभाइस वा ग्याजेट तपाईंको आँखाबाट कति टाढा छ भन्ने विषय निकै महत्त्वपूर्ण हुन्छ । त्यसैले सुरक्षित दूरी राख्नुहोस् । तपाईंको डिभाइस वा ग्याजेटसँग एउटा निश्चित दूरी कायम गर्नुपर्ने हुन्छ ।

    अब यी टाउको दुखाइका कारण बन्ने विभिन्न अवस्थाबाट बच्न के गर्ने ? बीच-बीचमा ब्रेक लिँदै गर्नुहोस् । तनाव नलिनुहोस् । खाना राम्रोसँग खानुहोस् । पर्याप्त निद्रा लिनुहोस् र स्क्रिनसँग सुरक्षित दूरी राख्नुहोस् । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend