images

२०८३ आश्विन १९ गते

images
images
images

बीमा प्राधिकरण अध्यक्षको लागि दर्खास्त आह्वान

बीमा प्राधिकरण अध्यक्षको लागि दर्खास्त आह्वान

images
images
शुक्रवार, पौष २६ २०८१
शुक्रवार, पौष २६ २०८१
  • काठमाडौं । नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्तिको लागि गठित सिफारिस समितिले पदपूर्तिसम्बन्धी आवेदन खुलाएको छ।समितिले शुक्रबार अध्यक्ष नियुक्तिका लागि दर्खास्त आह्वान गरेको हो।

    images
    images

    नेपाल बीमा प्राधिकरणको रिक्त सञ्चालक समितिको अध्यक्ष पदमा खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति गरिने भएको छ। योग्यता भएका इच्छुक नेपाली नागरिकबाट सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कार्यालय समयमा अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा सिंहदरबारमा आवेदन दिन सकिनेछ।

    सूचनाअनुसार बीमा, मौद्रिक, बैंकिङ, वाणिज्य शास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्याङ्कशास्त्र, गणित अर्थशास्त्र वा कानून विषयमा कम्तीमा स्नातकोत्तर वा सोसरहको उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा कम्तीमा पाँच वर्षको उच्च व्यवस्थापकीय कार्य अनुभव हासिल गरेको हुनुपर्नेछ।

    images
    images

    प्राधिकरणका अध्यक्ष सूर्य सिलवाल नागरिकता किर्ते मुद्दाका कारण निलम्बनमा परेका छन्। माघ १९ गतेसम्म कार्यकाल रहेका सिलवाल निलम्बनमा परेपछि सरकारले अध्यक्ष नियुक्ति प्रक्रिया अगाडि बढाएको हो।

    bima-chairman-notice-1736487064.png
     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend