images

२०८३ आश्विन १७ गते

images
images
images
  • शिक्षा
  • इसेवा मनी ट्रान्सफरले गर्‍यो इन्द्रेश्वर विद्यालयलाई...

इसेवा मनी ट्रान्सफरले गर्‍यो इन्द्रेश्वर विद्यालयलाई सहयोग

इसेवा मनी ट्रान्सफरले गर्‍यो इन्द्रेश्वर विद्यालयलाई सहयोग

images
images
शुक्रवार, पौष २६ २०८१
शुक्रवार, पौष २६ २०८१
  •  काठमाडौं । इसेवा मनी ट्रान्सफरले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत इन्द्रेश्वर माध्यमिक विद्यालयलाई सहयोग प्रदान गरेको छ।

    images
    images

    पुस २१ गते शैक्षिक सहयोगका लागि आयोजित एक विशेष कार्यक्रममा इसेवा मनी ट्रान्सफरका प्रतिनिधिहरूले विद्यालयका प्रमुख कमल केसीलाई जुत्ता र मोजा हस्तान्तरण गरे।

    यस कार्यक्रमको उद्देश्य विद्यार्थीहरूलाई शैक्षिक यात्रामा थप सहजता प्रदान गर्दै उनीहरूको विद्यालय जीवनलाई थप प्रभावकारी बनाउने थियो।

    images
    images

    यस सहयोगअन्तर्गत विद्यालयमा अध्ययनरत १२६ विद्यार्थीहरूले जुत्ता र मोजा प्राप्त गरे जसले विशेष गरी आर्थिक रूपमा कमजोर पृष्ठभूमिका विद्यार्थीहरूलाई प्रत्यक्ष रूपमा लाभ पुर्‍यायो।

    सन् २००८ मा स्थापना भएको काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका–७ मा अवस्थित इन्द्रेश्वर माध्यमिक विद्यालयमा नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरू अध्ययनरत छन्।

    विद्यालयका प्रमुख तथा पदाधिकारीहरूले इसेवा मनी ट्रान्सफरप्रति आभार व्यक्त गर्दै यो सहयोगले विद्यार्थीहरूको मनोबल उच्च बनाउनुका साथै उनीहरूको शैक्षिक अनुभवमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे।इसेवा मनी ट्रान्सफरले यो कार्यक्रममार्फत आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्दै स्थानीय समुदायप्रति आफ्नो प्रतिबद्धता प्रकट गरेको छ।

    सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त इसेवा मनी ट्रान्सफरले परम्परागतसँगै डिजिटल माध्यमबाट पनि विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ।इसेवा वालेट, बैंक तथा वित्तीय संस्थाहरू र आफ्ना भुक्तानी केन्द्रहरूको माध्यमबाट सेवा दिने यो कम्पनी एफवान सफ्ट ग्रुपअन्तर्गतको भगिनी संस्था हो जसले नेपालभर फिनटेकमा आधारित भुक्तानी प्रणालीलाई प्रवर्द्धन र सशक्त बनाउँदै आएको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend