images

२०८३ आश्विन १८ गते

images
images
images
  • उर्जा
  • नेपाल विद्युत प्राधिकरणले काटिदियो कांग्रेस संसदीय...

नेपाल विद्युत प्राधिकरणले काटिदियो कांग्रेस संसदीय दलको विद्युतको लाइन

नेपाल विद्युत प्राधिकरणले काटिदियो कांग्रेस संसदीय दलको विद्युतको लाइन

images
images
शुक्रवार, पौष २६ २०८१
शुक्रवार, पौष २६ २०८१
  • नेपाल विद्युत प्राधिकरणले विद्युत महसुल समयमा नतिरेपछि नेपाली कांग्रेस संसदीय दलको विद्युतको लाइन काटिदिएको छ । 

    images
    images

    प्राधिकरणले लाइन काट्नु अघि कुनै पनि सूचना नदिइ एक्कासी काटेको बताइएको छ । संसदीय दलले ६३ हजार ४ सय रुपैयाँ तिर्न बाँकी रहेको र त्यसमा २५ प्रतिशत जरिवाना थपिँदा त्यो रकम केही बढ्ने बताइएको छ । प्राधिकरणले संसदीय दलमा जोडेको विद्युत मिटर भने संसद सचिवालयको नाममा रहेको छ ।

    प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने उद्देश्यले उर्जा मन्त्रालयले स्पष्टिकरण सोधेको केही दिनमै प्राधिकरणले कांग्रेस संसदीय दलको लाइन काटिदिनुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

    images
    images

    कांग्रेस केन्द्रिय सदस्य रहेका उर्जा मन्त्री दिपक खड्का र कार्यकारी निर्देशक कुलमान बीचको विवाद पछिल्लो समय झन चर्किएको छ । खड्का घिसिङलाई जसरी पनि हटाउने प्रयासमा छन् भने घिसिङ भने परोक्ष अपरोक्ष रुपमा उनलाई चुनौति दिंदै आएका छन् ।

    मन्त्रालयले घिसिङलाई स्पष्टिकरण सोधे लगत्तै कांग्रेस संसदीय दलको विजुली काट्नुलाई पनि त्यसकै निरन्तरता मानिएको छ । र, यो घटनाले दुई विचको विवाद झन चर्किने निश्चित देखिएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend