images

२०८३ आश्विन १६ गते

images
images
images
  • कृषि
  • पाँच वर्षमा ५२ हजार हेक्टर धान...

पाँच वर्षमा ५२ हजार हेक्टर धान रोप्ने क्षेत्रफल घट्यो

पाँच वर्षमा ५२ हजार हेक्टर धान रोप्ने क्षेत्रफल घट्यो

images
images
बिहिवार, पौष २५ २०८१
बिहिवार, पौष २५ २०८१
  • काठमाडौं ।   नेपालमा पाँच वर्षमा ५२ हजार  हेक्टर भन्दा बढी धान रोप्ने क्षेत्रफल घटेको छ ।

    images
    images

    कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्क अनुसार पछिल्लो पाँच वर्षमा ५२ हजार हजार हेक्टर भन्दा बढी धान बाली हुने क्षेत्रफल घटेको हो ।

    आर्थिक वर्ष २०७७\७८ मा १४ लाख ७३ हजार ४७४ हेक्टर क्षेत्रफलमा भएको धान रोपाइँ चालु आर्थिक वर्षमा १४ लाख २० हजार ६३६ हेक्टर क्षेत्रफलमा भएको छ । यो भनेको ५२ हजार ८३८ हेक्टर क्षेत्रफल कम हो ।

    images
    images

    चालु आर्थिक वर्ष (२०८१\०८२) मा धान बालीको कुल उत्पादन ५९ लाख ५५ हजार ४७६ मेट्रिक टन उत्पादन भएको छ । पाँच अघि  ५६ लाख २१ हजार ७१० मेट्रिक टन धान उत्पादन भएको थियो ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend