images

२०८३ कार्तिक १ गते

images
images
images
  • शेयर
  • नेप्से १८.१४ अंकले घट्यो,७ अर्ब ३०...

नेप्से १८.१४ अंकले घट्यो,७ अर्ब ३० करोडको कारोबार

नेप्से १८.१४ अंकले घट्यो,७ अर्ब ३० करोडको कारोबार

images
images
बिहिवार, पौष २५ २०८१
बिहिवार, पौष २५ २०८१
  • काठमाडौं । विदेशी नयाँ वर्ष सन् २०२५ देखि लगातार बढेको शेयर बजार आज भने घटेको छ । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) १८.१४ अंकले घटेर २६३५.०९ विन्दुमा पुगेको छ । 

    images
    images

    आज नेप्से ०.६८ प्रतिशतले घट्दा कारोबार भने वृद्धि भएको छ । आज ७ अर्ब ३० करोड ५३ लाख ४२ हजार रुपैयाँ बराबरको १ करोड ५७ लाख २३ हजार ३७९ कित्ता शेयर कारोबार भएको छ । 

    आज ५५ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १८० वटा कम्पनीको शेयर मूल्य भने घटेको छ । ७ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।आज ३०८ वटा कम्पनी कारोबारमा आउँदा ७३ हजार ३०९ पटक शेयर किनबेच भएको छ । 

    images
    images

    आज २ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सप्तकोसी डेभलपमेन्ट बैंकको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । 

    दिनभरमा १३ वटा समूहमध्ये होटल तथा पर्यटन बाहेक सबै समूह राताम्य भएको छ । आज होटल तथा पर्यटन समूह ०.९९ प्रतिशतले बढेर ६ हजार ६९६.३५ विन्दुमा पुगेको छ । 

    आज सबैभन्दा बढी फाइनान्स समूह २.९३ प्रतिशतले घटेको छ भने सबैभन्दा कम म्युचुअवल फण्ड समूह ०.२१ प्रतिशतले घटेको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend