images

२०८३ आश्विन २२ गते

images
images
images

खाँडाचक्रका छ जनामा क्षयरोग पुष्टि

खाँडाचक्रका छ जनामा क्षयरोग पुष्टि

images
images
बिहिवार, पौष २५ २०८१
बिहिवार, पौष २५ २०८१
  • मान्म (कालीकोट) । जिल्लाको खाँडाचक्र नगरपालिकामा छ सय आठको क्षयरोग परीक्षण गरिएकामा छ जनामा सङ्क्रमण पुष्टि भएको छ । नगरपालिकाले तीन दिनसम्म सञ्चालन गरेको क्षयरोग परीक्षण शिविरमा दुई सय ८६ शङ्कास्पद बिरामी फेला परेका थिए ।

    images
    images

    सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा निर्देशनालयको सहयोग र खाँडाचक्र नगरपालिकाको स्वास्थ्य तथा सरसफाइ शाखाको आयोजनामा तीन दिने निःशुल्क क्षयरोग परीक्षण शिविरमा सञ्चालन भएको थियो ।

    शङ्कास्पदमध्ये एक सय ८६ बिरामीको पुनः परीक्षण गर्दा छ जनामा सङ्क्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयका क्षयरोग तथा कुष्टरोग सम्पर्क व्यक्ति पदम केसीले जानकारी दिए । “शङ्कास्पदको खकार पुनः परीक्षण जिल्ला अस्पतालको ‘जेनस्र्पोट’ उपकरणबाट भएको हो”, उनले भने ।

    images
    images

    थप एक सय शङ्कास्पद बिरामीको पुनःपरीक्षण बाँकी रहेको बताउँदै उनीहरूको जिल्ला अस्पतालको ‘जेनस्र्पोट’ उपकरणबाट परीक्षण गरिने नगरपालिकाको स्वास्थ्य तथा सरसफाइ आधारभूत शाखाका क्षयरोग निवारणका संयोजक पुष्पराज पाण्डेले उल्लेख गरे । क्षयरोग सङ्क्रमण फेला परेका बिरामीलाई औषधि सेवन सुरु गरिएको उनले जानकारी दिए ।

    जिल्लामा वार्षिक रूपमा तीन सय बिरामीको परीक्षण हुनुपर्नेमा हाल एक सयको हाराहारीमा मात्र परीक्षण हुने गरेको जिल्ला स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । रासस

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend