images

२०८३ आश्विन १९ गते

images
images
images
  • शिक्षा
  • एकै परिवारले स्थापना गरे तीन विद्यालयमा...

एकै परिवारले स्थापना गरे तीन विद्यालयमा अक्षयकोष

एकै परिवारले स्थापना गरे तीन विद्यालयमा अक्षयकोष

images
images
बिहिवार, पौष २५ २०८१
बिहिवार, पौष २५ २०८१
  • भोजपुर- भोजपुरका एकै परिवारले तीनवटा विद्यालयमा अक्षयकोष स्थापना गरिदिएका छन् । जनता आधारभूत विद्यालय, सन्त माध्यमिक विद्यालय र सावित्रा माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरिएको हो ।षडानन्द नगरपालिका-१ नेपालेडाँडा, खेवाछास्थित जनता आधारभूत विद्यालयका संस्थापक स्वर्गीय ज्ञानबहादुर खड्काको स्मृतिमा अक्षयकोष स्थापना गरिएको छ।

    images
    images

    विद्यालय व्यवस्थापन समितिमा रहेर समेत काम गरेका खड्काको स्मृतिमा उनका तरिवारले तीनवटा विद्यालयहरूमा अलग-अलग अक्षयकोष स्थापना गरिदिएका हुन् ।खड्काको वार्षिक पुन्य तिथिको अवसरमा गत पुस १८ गते उनका परिवारका सदस्यहरूले जनता आधारभूत विद्यालयसहित तीनवटामा अक्षयकोष राखेका हुन् ।

    जनता आधारभूतको अक्षयकोषको राशि १ लाख ५० हजार ६ सय १९ रुपैयाँ छ । यसैगरी सन्त माध्यमिक विद्यालयमा १ लाख २५ हजार ६ सय १९ रुपैयाँको अक्षयकोष राखिएको छ । उता सावित्रा माध्यमिक विद्यालयमा पनि १ लाख ५ हजार ६ सय १९ रुपैयाँको अक्षयकोष राखिएको हो ।

    images
    images

    स्वर्गीय ज्ञान बहादुर खड्काकी पत्नी सावित्रा खड्का, छोरा बुहारीहरू टोपेन्द्र–तुलसा खड्का, ऋद्धिकुमार–सन्तोषी कोइराला खड्का, ठमराज–सरस्वती थापा खड्का र छोरी/ज्वाइँ लक्ष्मी खड्का (भट्टराई)–शम्भु भट्टराईले ज्ञानबहादुरको नाममा अक्षयकोषको स्थापना गरेका हुन् ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend