images

२०८३ आश्विन २५ गते

images
images
images

१८ अर्व १५ करोड राजश्व नेपालगञ्ज भन्सारबाट सङ्कलन

१८ अर्व १५ करोड राजश्व नेपालगञ्ज भन्सारबाट सङ्कलन

images
images
अर्थ समाचार
मंगलवार, श्रावण १ २०८१
अर्थ समाचार
मंगलवार, श्रावण १ २०८१
  • काठमाडौँ - नेपालगञ्ज भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८०\८१ मा २८ अर्व ६६ करोड रुपियाँ राजश्व सङ्कलनको लक्ष्य रहेकोमा १८ अर्व १५ करोड रुपियाँ मात्रै राजश्व सङ्कलन भएको छ ।

    images
    images

    गत आवमा ६३.३४ प्रतिशत राजश्व सङ्कलन भएको छ । आर्थिक वर्ष २०७९।८० मा भन्सार लक्ष्य २९ अर्व ३२ करोड रुपियाँ रहेकोमा १८ अर्व १९ करोड ६९ लाख ७५ हजार रुपियाँ राजश्व सङ्कलन भएको थियो । अघिल्लो आव भन्दा गत आवमा करिब चार करोड कम राजश्व सङ्कलन भएको छ । अघिल्लो आवमा चिनी आयातबाट मात्रै करिब ९० करोड रुपियाँ सङ्कलन भएकोमा गत आवमा चिनीबाट शून्य राजश्व सङ्कलन भएको प्रमुख ध्रुवराज बिश्वकर्माले बताए ।

    भन्सार प्रमुख बिश्वकर्माले भने, 'चिनीसँगै डिजेल, चामल, जुत्ताचप्पलको आयात घट्ता समग्रमा राजश्व सङ्कलनमा कमी आएको छ ।' नेपालगञ्ज भन्सार कार्यालयबाट इन्धन, चामल, खाद्यान्न, फलाम लगायतका वस्तुको आयातबाट बढी राजश्व सङ्कलन हुने गरेको भन्सार कार्यालयको तथ्याङ्क छ । नेपालगञ्ज नाकाबाट जडिबुटी लगायतका सामाग्रीको निकासी समेत हुने गरेको छ । 

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend