images

२०८३ आश्विन २५ गते

images
images
images

प्रचण्ड सरकारले जाँदाजाँदै ‘मौन अवधि’ मा काट्यो ८६ अर्बको चेक

प्रचण्ड सरकारले जाँदाजाँदै ‘मौन अवधि’ मा काट्यो ८६ अर्बको चेक

images
images
अर्थ समाचार
मंगलवार, श्रावण १ २०८१
अर्थ समाचार
मंगलवार, श्रावण १ २०८१
  • काठमाडौँ । आर्थिक वर्षको अन्तिम हप्ता सरकारी खाता बन्द हुन्छ । यस अनुसार आर्थिक वर्ष २०८०–८१ को भुक्तानी असार २४ गतेदेखि बन्द हुनुपर्ने थियो । 

    images
    images

    आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावलीले यो अवधिमा अत्यावश्यक बाहेक कुनै पनि सरकारी भुक्तानी गर्न बन्देज लगाएको छ । यसलाई कतिपयले चुनावको मौन अवधिसँग तुलनासमेत गर्ने गरेका छन् । 

    तर यही ‘मौन अवधि’ मा विद्यमान कानूनी व्यवस्था विपरीत एक सातामा मात्रै झण्डै ८६ अर्ब रुपैयाँ बराबरको चेक काटिएका छन् । यो दैनिक औसत १२ अर्ब रुपैयाँ बराबर हो । खाता बन्द हुने अन्तिम दिनबाहेक दैनिक यति धेरै खर्च कहिलै भएको थिएन ।

    images
    images

    महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार २५ गते ३३ अर्ब ६१ करोड, २६ गते १ अर्ब ३० करोड, २७ गते १२ अर्ब ६८ करोड, २८ गते १० अर्ब ४४ करोड, २९ गते १५ अर्ब ४४ करोड, ३० गते १५ अर्ब ३७ करोड र ११ अर्ब ३४ करोड रुपैयाँ बराबरको भुक्तानी दिइएको छ । 

    यो अवधिमा भएको कुल खर्चमध्ये चालुतर्फ २८ अर्ब ६२ करोड, पूँजीगततर्फ ३३ अर्ब र करिब २४ अर्ब रुपैयाँ खर्च गरिएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । यो अवधिमा भएको खर्चमध्ये पूँजीगत खर्च वर्षभरी भएको कुल खर्चको १७ प्रतिशत हो । त्यस्तै, वित्तीय व्यवस्थामा भएको खर्च कुल खर्चको ९ प्रतिशत र चालुतर्फ कुल खर्चको ३ प्रतिशत हुन आउँछ । 

    नियम विपरीत कसरी भयो खर्च ? 

    खाता बन्द हुने व्यवस्था भए पनि सरकारले यो अवधिमा अत्यावश्यक भुक्तानीहरु गर्न पाउँछ । यसका लागि महालेखा नियन्त्रक कार्यालयले स्वीकृति दिनुपर्छ । सात दिनको अवधिमा प्राकृतिक विपत्तिलगायत अन्य प्रकारका दैवी प्रकोपका लागि अत्यावश्यक भुक्तानी दिन यो व्यवस्थालाई खुला राखिएको हो । त्यसबाहेक फ्रिज नहुने खालका बजेट भुक्तानीसमेत दिन मिल्ने व्यवस्था छ । तर यही लुपहोललाई टेकेर कार्यालयले यति ठूलो रकम खर्च गरेको हो । 

    महालेखा नियन्त्रण कार्यालयका उपमहालेखा नियन्त्रक ओमप्रसाद रिजाल रिजाल चारवटा कारणले खाता बन्द भएको अवधिमा पनि भुक्तानीका लागि स्वीकृति दिइएको बताउँछन् ।

    उनका अनुसार दैवी प्रकोप लगायतका घटनाको उद्दार तथा राहत, सामाजिक सुरक्षा, रकमान्तर भएको रकम र २४ गतेपछि बिल भरपाई आएका तर अर्को आर्थिक वर्षमा बजेट नै नभएका भुक्तानीहरु रहेका छन् ।

    ‘प्राकृतिक विपत्ति र सामाजिक सुरक्षाको रकम रोक्ने कुरा भएन, यो मानवीयतासँग पनि जोडिएको विषय भयो, त्यसको भुक्तानी दियौं । सरकारले २४ गतेसम्म गरेको रकमान्तरको रकम पनि भुक्तानी गर्यौं, बाँकीमध्ये काम सकिएर दायित्व सिर्जना पनि भइसकेको र अर्को वर्ष बजेट नै नभएको आयोजनाको भुक्तानी रोक्दा समस्या हुने भएर त्यो भुक्तानी पनि दियौँ, त्यसैले गर्दा ठूलो खर्च देखिएको हो’, उनले भने ।

    असार महिनामा रकमान्तर गर्न नपाइने बजेटको व्यवस्थालाई मन्त्रिपरिषद् बैठकले असार १४ गते परिवर्तन गर्दै १० दिनका लागि रकमान्तर खुलाएको थियो । योबीचमा झण्डै ३० अर्ब रुपैयाँ बराबरको रकमान्तर भएको बताइन्छ ।

    नियम विपरीतको यो खर्चले सोमबारदेखि निवर्तमान भएको सरकारले गरेको बजेटको चरम दुरुपयोगलाई प्रष्ट पारेको छ । यद्यपि यसको विस्तृत विवरण भने अर्थ मन्त्रालयसँगै हुने रिजाल बताउँछन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend