images

२०८३ कार्तिक १ गते

images
images
images
  • शेयर
  • १९ लाखले भरेको गार्डियनको आईपीओ १...

१९ लाखले भरेको गार्डियनको आईपीओ १ लाख ८४ हजार ५ सयले पाउने

१९ लाखले भरेको गार्डियनको आईपीओ १ लाख ८४ हजार ५ सयले पाउने

images
images
बिहिवार, पौष २५ २०८१
बिहिवार, पौष २५ २०८१
  • काठमाडौं । गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक निष्कासन (आईपीओ) १९ लाख ६ हजार ७४८ ले भरेका छन् ।सीडीएस एण्ड क्लियरिङका अनुसार अनलाइन प्रणाली मेरोसेयरमार्फत सो संख्याले आवेदन दिएको हो । आवेदन लिने कार्य बन्द भइसकेको छ ।

    images
    images

    कम्पनीको आईपीओमा मागभन्दा १३.६५ गुणा बढी आवेदन परेको छ । १८ लाख ४५ हजार कित्ता सेयर सर्वसाधारणका लागि खुलेकोमा २ करोड ५१ लाख ९० हजार ३६० कित्ताका लागि आवेदन परेको छ । करिब २ अर्ब ५१ करोड रुपैयाँ बराबरको आवेदन परेको छ ।

    बाँडफाँटका क्रममा १ लाख ८४ हजार ५ सय जनाले १० कित्ताका दरले सेयर पाउने छन् । बाँकी सबैको हात रित्तो हुनेछ । धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका २०७४ अनुसार जारी गरिएको सेयर सर्वप्रथम १० कित्ताका दरले पुगेसम्म सबैलाई बाँडफाँट गर्नुपर्नेछ ।

    images
    images

    सो व्यवस्थाअनुसार सबैलाई बाँडफाँट गर्न नपुग्ने भएकाले १० कित्ताका दरले १ लाख ८४ हजार ५ सय जनाले मात्रै पाउने भएका हुन् ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend