images

२०८३ कार्तिक १ गते

images
images
images
  • बैंक वित्त
  • लक्ष्मी सनराइज बैंकको २४औँ वार्षिक साधारणसभा...

लक्ष्मी सनराइज बैंकको २४औँ वार्षिक साधारणसभा सम्पन्न

लक्ष्मी सनराइज बैंकको २४औँ वार्षिक साधारणसभा सम्पन्न

images
images
बुधवार, पौष २४ २०८१
बुधवार, पौष २४ २०८१
  • काठमाडौं । लक्ष्मी सनराइज बैंकको २४औँ वार्षिक साधारणसभा बुधबार काठमाडौंमा सम्पन्न भएको छ । साधारणसभाले बैंकको चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

    images
    images

    पारित बोनस शेयरसँगै बैंकको चुक्ता पुँजी २४ अर्ब ३४ करोड पुगेको छ । साधारणसभाले आर्थिक वर्ष २०८०/८१ का लागि संचालक समितिको प्रतिवेदन तथा वित्तीय विवरणउपर छलफल गरी स्वीकृत गरेको छ ।

    साथै आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षकको नियुक्ति समेत गरेको छ । आर्थिक वर्ष २०८०/८१ मा ३ सय ३३ अर्ब निक्षेप र २ सय ५८ अर्ब कर्जा पुर्‍याएको यस बैंकको वासलातको आकार ३ सय ९५ अर्ब रहेको छ ।

    images
    images

    बैंकले यो आर्थिक वर्षमा २ अर्ब ९२ करोड रुपैँया खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend