images

२०८३ आश्विन १९ गते

images
images
images
  • शिक्षा
  • बिदाको समयमा शिक्षक तालिम दिने निर्णय...

बिदाको समयमा शिक्षक तालिम दिने निर्णय फिर्ता

बिदाको समयमा शिक्षक तालिम दिने निर्णय फिर्ता

images
images
बुधवार, पौष २४ २०८१
बुधवार, पौष २४ २०८१
  • काठमाडौ । बिदाको समयमा सञ्चालन गरेर शिक्षकलाई पेल्न थालेपछि नेपाल शिक्षक महासंघ काठमाडौँ महानगरले समितिले बहिष्कार गरेको तालिम पछि सञ्चालन गर्नेगरी कामपा पछि हटेको छ । गएको आइतबारबाट सुरु भएको तालिम महासंघ आबद्ध शिक्षकले बहिष्कार गरेका  थिए । तालिम बहिष्कार गरेपछि कामपा शिक्षा विभाग र आन्दोलनरत समितिबीच वार्ता भएको थियो । त्यसक्रममा समितिले तालिममा सहभागी नहुने अडान राखेपछि सोमबारबाटै तालिम रोकिएको छ।

    images
    images

    मंगलबार कामापा शिक्षा र स्वास्थ्य समितिका संयोजक चिनिकाजी महर्जनको अध्यक्षतामा कामपा शिक्षा विभागका अधिकृतद्धय केशव ज्ञवाली र नेत्रनारायण पौडेल , समितिका अध्यक्ष राजेन्द्र अधिकारी, कामपा शहरी योजना आयोगको तर्फबाट शिक्षा हेर्ने शैलेन्द्र झा लगायतसंग भएको वार्तामा सहमति हुन सकेको थिएन । 

     तैपनि अध्यक्ष महर्जनले तत्कालको लागि तालिम स्थगित गरी दुई पक्षीय सहमतिको आधारमा मात्र तालिम सञ्चालन गर्ने सहमति गराउनुभएको थियो । संयोजक महर्जनले भने–तालिम सञ्चालन गर्दा दुईपक्षीय सहमति आवश्यक छ  , सोही आधारमा तत्कालको लागि तालिम स्थगित गरेका हौ, अर्को मिति कहिले घोषणा गर्ने ? भन्ने विषयमा दुईपक्षबीच सहमति हुने छ । 

    images
    images

     तालिम बहिष्कार र अर्को मिति तयगर्ने विषयमा  समितिले तालिममा सहभागी हुने ५६ माध्यमिक विद्यालयका प्रअको भेला गराएका थियो । भेलाले बिदा बाहेकका दिनमा मात्र तालिम दिन उपयुक्त हुने निष्कर्ष निकालेका थिए ।  माघ ३ गतेबाट  तालिम गर्ने  तयारी भैरहदा विभागले निर्णय गर्न सकेको थिएन ।  पछि बहिष्कार गरेसंगै कामपा शिक्षा विभागले छलफल गर्ने तयारी गरेको छ।   समितिको शनिवार बसेको बैठकले निजामती कर्मचारीको घर बिदाको सट्टामा रहेको शिक्षकहरुको जाडो बिदाको सुविधाबाट समेत बञ्चित गर्ने गरी शिक्षा विभागबाट एकांकी ढंगबाट अगाडि सारिएका तालिम सम्बन्धी कुनैपनि कार्यक्रममा सहभागी नहुने निर्णय गरेको थियो । 

    समितिले पुस १८ गतेदेखि माघ ८ गतेसम्म सञ्चालन हुने कुनैपनि कार्यक्रममा सहभागी नहुने र नगराउने निर्णय गरेको थियो । महानगर समितिका अध्यक्ष राजेन्द्र अधिकारीले प्रअ शिक्षक र सोसंग आबद्ध संघसंस्थासंग सल्लाहनै नगरी गरेको निर्णय कार्यान्वयन नहुने स्पष्ट पारे ।  कामपाले  एसईई सुधार गर्न अनिवार्य ५ र १ ऐच्छिक गरी ५ विषयमा तालिम दिने निर्णय गरेको थियो । 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend