images

२०८३ कार्तिक १ गते

images
images
images
  • शेयर
  • तीन कम्पनीले आइपीओ ल्याउँदै, सेबोनसँग मागे...

तीन कम्पनीले आइपीओ ल्याउँदै, सेबोनसँग मागे अनुमति

तीन कम्पनीले आइपीओ ल्याउँदै, सेबोनसँग मागे अनुमति

images
images
बुधवार, पौष २४ २०८१
बुधवार, पौष २४ २०८१
  • काठमाडौं । दुई हाइड्रोपावरसहित तीन कम्पनीले आइपीओ ल्याउने प्रक्रिया अगाडि बढाएका छन्। नेपाल धितोपत्र बोर्ड (सेबोन) सँग आइपीओ अनुमति माग्दै तीनै कम्पनीले निवेदन दिएका छन्। आइपीओ अनुमति माग्नेमा नुम्बुर हाइड्रोपावर, युनाइटेड मेवाखोला हाइड्रोपावर र एभरेस्ट कलर रहेका छन्।

    images
    images

    धितोपत्र बोर्डसँग नुम्बुर हाइड्रोपावरले अंकित मूल्यमा प्रिमियम मूल्य थप गरेर आइपीओ अनुमति मागेको छ। धितोपत्र बोर्डले अनुमति दिएमा यो कम्पनीले १०० रुपैयाँ अंकित दरमा ११८ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २१८ रुपैयाँमा आइपीओ ल्याउनेछ। कम्पनीले ३० लाख ६ हजार २०२ कित्ता साधारण शेयर बेचेर ६५ करोड ५३ लाख ५२ हजार ३६ रुपैयाँ पुँजी जुटाउनेछ। यो कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा एलएस क्यापिटल रहेको छ।

    यसैगरी युनाइटेड मेवाखोला हाइड्रोपावरले अंकित मूल्य १०० रुपैयाँमा १ करोड २३ लाख कित्ता आइपीओ ल्याउन अनुमति मागेको छ। आइपीओ बिक्री गरेर कम्पनीले १ अर्ब २३ करोड रुपैयाँ रकम संकलन गर्नेछ। कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल रहेको छ।

    images
    images

    उता एभरेस्ट कलरले भने ५० रुपैयाँ अंकित मूल्यमा ७ लाख ८० हजार कित्ता आइपीओ ल्याउन अनुमति माग्दै धितोपत्र बोर्डमा निवेदन दिएको छ। धितोपत्र बोर्डले अनुमति दिएमा यो कम्पनीले ३ करोड ९० लाख रुपैयाँबराबरको साधारण शेयर जारी गर्नेछ। कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend