images

२०८३ आश्विन २२ गते

images
images
images

जाडोमा बालबालिकालाई ‘रोटा भाइरस’ को डर

जाडोमा बालबालिकालाई ‘रोटा भाइरस’ को डर

images
images
मंगलवार, पौष २३ २०८१
मंगलवार, पौष २३ २०८१
  • काठमाडौँ । चिसो मौसममा सबैलाई विभिन्न खाले मौसमी संक्रमणले सताउने गर्छ। चिसोले बालबालिकालाई झनै विभिन्न खालका संक्रमणले सताउँछ।तीमध्ये रोटा भाइरस संक्रमणबाट हुने कोल्ड डायरियाले बालबालिकालाई सताउँछ​। जाडोमा बालबालिकालाई हुने झाडापखालाको ३३ प्रतिशतभन्दा बढी संक्रमणको कारण रोटा भाइरस नै हुने गरेको छ। ५ वर्षभन्दा मुनिका बालबालिकामा अझै यस्तो समस्या बढी हुने गर्छ। 

    images
    images

    के हो रोटा भाइरस?

    रोटा भाइरस चिसोमा धेरै सक्रिय हुन्छ। यसले गर्दा बालबालिकालाई कोल्ड डायरिया हुन्छ। रोटा भाइरसका कारण ३ वर्षमुनिका बालबालिकालाई धेरै संक्रमण हुने गर्छ। १ वर्षमुनिका बालबालिकामा यस भाइरसको संक्रमण ज्यादा हुन्छ।धेरै फोहरमैला र प्रदूषित खानाबाट यो भाइरस शरीरमा प्रवेश गर्छ। यो दिसापिसाबसँगै अन्य फोहरमा रहने किटाणु हो। ५ वर्षसम्मका बच्चा सरसफाइमा ध्यान नदिने र जे पायो त्यही मुखमा हाल्ने गर्दछन्। यसैले उनीहरूलाई यो भाइरसले छिटो सताउँछ।

    images
    images

    रोटा भाइरसको कारणले हुने डायरियासँगै बान्तासमेत हुने गर्छ। जुन एकदुई दिनसम्म पनि जारी रहन सक्छ। बान्ता एकदुई दिनपछि निको हुनसक्छ तर पखाला कहिलेकाहीँ ५–७ दिनसम्म पनि चल्न सक्छ। जति धेरै दिन पखाला लाग्यो त्यति नै बढी बालबालिकाको स्वास्थ्यमा जोखिम बढाउँछ।

    ५ दिनभन्दा बढी पखाला लागेमा कडा जलवियोजन समेत हुनसक्छ। योसँगै बालबालिकालाई ज्वरो समेत आउँछ। बालबालिकालाई यो समस्या हुँदा पेट दुख्‍ने, धेरै रुनुका साथै खानामा अरुचि देखाउँछन्। यस्तो लक्षण धेरै दिनसम्म हुँदा बच्चाहरूको आँखा गढ्ने र बेहोस समेत हुने गर्छन्।

    सामान्य झाडापखाला लाग्दा पातलो दिसा आउने जस्तै लक्षण यसमा देखिन्छ तर रोटा भाइरस लागेकालाई निरन्तर बान्ता भइरहन्छ। बान्ता भइरहने हुनाले औषधि खुवाउँदा समेत सन्चो नहुने र बेहोस हुने गर्छन्। त्यसकारण चिसोमा बालबालिकाहरूले बान्ता गर्ने, खानामा रुचि नगर्ने, दिनमा दुईपटकभन्दा धेरै समय पातलो दिसा गर्ने जस्ता लक्षण देखिनेबित्तिकै चिकित्सकलाई देखाउनु पर्छ।

    एन्टिबायोटिक नखुवाउनु होस्

    रोटा भाइरसका कारणले लाग्ने कोल्ड डायरियाको लक्षण भिन्न खालको हुने हुँदा धेरैले एन्टिबायोटिक प्रयोग गर्छन्। यो वेला झोल पदार्थ प्रशस्त मात्रामा खुवाउनुपर्छ। ६ महिनासम्मको बच्चालाई सादा पानी र जीवनजलसँगै स्तनपान लगातार गराउनुपर्छ। ६ महिनामाथिको बच्चा भए जीवनजल, आमाको दूध, दालको रस, गेडागुडी, तरकारीको रस र ताजा फलफूलको जुस खुवाउनु पर्छ। त्यस्तै जाउलो र दही पनि खुवाउनु राम्रो हुन्छ। झोल पदार्थसँगै जिंक चक्कीको प्रयोग लाभदायक हुन्छ। कडा जलवियोजन भएको अवस्थामा तत्काल स्वास्थ्य संस्था लैजानुपर्छ। २ साताभन्दा बढी झाडापखाला नरोकिए वा दिसामा रगत देखिएमा चिकित्सकको सल्लाहबमोजिम एन्टिबायोटिक चलाउनुपर्छ।

    यस्तो वेला बालबालिकालाई केरा खुवाउनु राम्रो हुन्छ। केरामा पोटासियमको मात्रा बढी हुन्छ। जसले गर्दा डायरिया रोक्न समेत सहयोग गर्छ। फलफूल पनि पर्याप्त मात्रामा खुवाउनु पर्छ। बच्चालाई झोलिलो खानेकुरा खुवाउनुपर्छ तर फ्रुटीलगायतका जुस,ग्लुकोजजस्ता पेय पदार्थ खुवाउनु हुँदैन।

    बालबालिकाको पिसाबसमेत ख्याल गर्नु होस्

    बच्चाले कतिपटक बान्ता र दिसा गर्‍यो भन्नेसँगै कतिपटक पिसा फेर्‍यो भन्ने समेत ख्याल गर्नुपर्छ। सामान्यतया बच्चाले दिनमा ६ पटकसम्म पिसा फेरेको हुनुपर्छ। डायरिया भएकाले शरीरमा पानीको मात्रा कम हुँदा पिसाब कम आउने र यसले गर्दा मिर्गौलामा असर समेत गर्ने हुन्छ।

    बालबालिकालाई कोल्ड डायरियाबाट बनाउन अभिभावकले यी  कुरामा ध्यान दिनुस्।

    हात धोएरमात्रै खाने खुवाउने। फलफूल खुवाउँदा तातोपानीले पखालेर खुवाउने।

    बच्चा रहने घर, कोठा तथा खेल्‍ने ठाउँ सफा राख्‍ने।

    बच्चालाई सफा राख्‍ने।

    रोटा भाइरसविरुद्धको खोप लगाउने।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend