images

२०८३ आश्विन १७ गते

images
images
images
  • अटो
  • सिप्रदी ट्रेडिङ्गद्वारा टाटा म्याजिक बीएस ६को...

सिप्रदी ट्रेडिङ्गद्वारा टाटा म्याजिक बीएस ६को इटहरी शाखामा लन्च

सिप्रदी ट्रेडिङ्गद्वारा टाटा म्याजिक बीएस ६को इटहरी शाखामा लन्च

images
images
मंगलवार, पौष २३ २०८१
मंगलवार, पौष २३ २०८१
  • काठमाडौँ। नेपालका लागि टाटा मोटर्सको एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले आज इटहरी शाखाबाट टाटा म्याजिक बीएस ६ सार्वजनिक गरेको छ। सहरी र विद्यालय यातायातलाई आधुनिक, किफायती र वातावरणमैत्री बनाउने उद्देश्यले लन्च गरिएको यो गाडीले यस क्षेत्रका यातायात व्यवसायीहरूको आवश्यकता पूरा गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

    images
    images

    कार्यक्रममा कोसी विक्रम यातायात प्रालिका अध्यक्ष सञ्जय सिंह र इटहरी यातायात प्रालिका अध्यक्ष महेश घिमिरे प्रमुख अतिथिको रूपमा उपस्थिति थियो। साथै, सिप्रदीका पूर्वीय क्षेत्रीय प्रबन्धक सुवास कुमार दास कार्यक्रम सभापतिको भूमिकामा थिए।

    सिप्रदी प्रालिका प्यासेन्जर भेहिकल्स प्रडक्ट म्यानेजर इन्द्रमणि पोख्रेलले कार्यक्रममा बोल्दै भने, “टाटा म्याजिक बीएस ६ले सहरी यातायातलाई मात्र नभई, यस क्षेत्रका व्यावसायिक गतिविधिलाई पनि आधुनिक र प्रभावकारी बनाउनेछ। यसको उच्च माइलेज, कम मर्मत खर्च, र यात्राको सुविधासहितको संरचनाले व्यावसायिक क्षेत्रमा नयाँ मानक स्थापित गर्नेछ। यसले यातायात व्यवसायीहरूलाई आर्थिक रूपमा सबल बनाउनुका साथै यात्रुहरूको अनुभवलाई नयाँ उचाइमा पुर्‍याउनेछ।”

    images
    images

    टाटा म्याजिक बीएस६ गाडीमा आधुनिक बीएस६ प्रविधि, ३० एचपी पावर, र उच्च माइलेजसहितका सुविधाहरू छन्। यसको आरामदायी इन्टेरियर, कम मर्मत खर्च र अत्याधुनिक प्रविधिका कारण यसलाई सहरी र विद्यालय यातायातका लागि उत्कृष्ट विकल्पका रूपमा लिइएको छ।

    सिप्रदी ट्रेडिङ्ग प्रालिले सदैव ग्राहकहरूको आवश्यकता अनुसार सवारी साधन उपलब्ध गराउँदै आएको छ। यस लन्चसँगै, कम्पनीले पूर्वीय नेपालका व्यवसायीहरूको सहरी यातायातका क्षेत्रमा टाटा म्याजिक बीएस ६ मार्फत थप उचाइ हासिल गर्ने अपेक्षा गरेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend