images

२०८३ आश्विन १८ गते

images
images
images

मन्त्रालयले घिसिङसँग स्पष्टीकरण सोध्यो

मन्त्रालयले घिसिङसँग स्पष्टीकरण सोध्यो

images
images
सोमवार, पौष २२ २०८१
सोमवार, पौष २२ २०८१
  • काठमाडौं ।  सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टिकरण सोध्दै ‘पदबाट किन नहटाउने’ भनेर प्रश्न सोधेको छ ।

    images
    images

    ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले घिसिङसँग स्पष्टीकरण सोधेको हो । कार्य सम्पादन मूल्यांकनमा ५० प्रतिशत भन्दा कम अंक ल्याएको अवस्थामा कार्यकारी निर्देशकलाई पदबाट हटाउन सक्ने व्यवस्था सम्झौतामा छ। ९ वटा बुँदामा प्रश्न सोधिएको छ  ।

    null

    images
    images

    सम्झौता अनुरुप भदौ भित्र कार्य सम्पादन मूल्यांकन नै नगराएपछि उनलाई पदबाट किन नहटाउने भन्दै सोमबार स्पष्टीकरण सोधिएको मन्त्रालयले बताएका छ । कुलमान घिसिङलाई सोधिएको स्पष्टिकरणमा भनिएको छ, ‘आफूले पेश गर्नुपर्ने कार्यसम्पादन सम्झौता अनुरुपको कार्य सम्पादन मूल्यांकन सम्बन्धी विवरण समेत पेश नगरेको कारण तपाईको यथोचित कार्य सम्पादन मूल्यांकन हुने अवस्था नभएको र तपाई स्वयंले मिति २०८१।०८।०४ प.सं. ०८१।०८२ चनं ५२४ को पत्र मार्फत उक्त विवरण पेश नगरेको विषय स्वीकार्दै ‘तहाँ मन्त्रालय सँग समन्वय गरी तोकिएको ढाँचामा यथाशिघ्र कार्य सम्पादन विवरण उपलब्ध गराइने’ लिखित जानकारी दिनु भएको हुँदा उक्त सम्झौताको दफा १०.३ बमोजिम तपाईको कार्य सम्पादन मूल्यांकन नै गर्न नसकिने अवस्था सिर्जना भएकाले सोही दफा बमोजिम तपाईको नियुक्ति किन अन्त्य नगर्ने रु यो पत्र प्राप्त गरेको ७ (सात) दिनभित्र चित्तबुझ्दो जवाफ प्राप्त हुन नआएमा कानून वमोजिम तपाई उपर थप प्रक्रिया अगाडी बढाइने व्यहोरा यस मन्त्रालयको मिति २०८१।०९। २२ को निर्णयानुसार जानकारी गराइन्छ ।’

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend