images

२०८३ कार्तिक १ गते

images
images
images
  • बैंक वित्त
  • कुमारी बैंकको आयोजनामा बूढानीलकण्ठका महिला तथा...

कुमारी बैंकको आयोजनामा बूढानीलकण्ठका महिला तथा युवा उद्यमीलाई प्रशिक्षण

कुमारी बैंकको आयोजनामा बूढानीलकण्ठका महिला तथा युवा उद्यमीलाई प्रशिक्षण

images
images
सोमवार, पौष २२ २०८१
सोमवार, पौष २२ २०८१
  • काठमाडौं । कुमारी बैंक लिमिटेडले बूढानीलकण्ठमा महिला तथा युवा उद्यमशीलता प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ ।

    images
    images

    यूएसएडसँगको साझेदारीमा ‘देशैभरि वर्षैभरि’ उद्यमशीलता विकास एवं प्रवर्द्धनका लागि नियमितरूपमा उद्यमी प्रशिक्षण अभियान सञ्चालन भइरहेको बैंकले जनाएको छ ।

    हात्तीगौंडा शाखा मार्फत बूढानीलकण्ठ नगरपालिका-४ को समन्वयमा उद्यमशीलता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको बैंकले जनाएको छ । कार्यक्रममा दुई सयभन्दा बढी महिला तथा युवा उद्यमीहरूको सहभागिता रहेको बैंकको भनाइ छ ।

    images
    images

    कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेल, बूढानीलकण्ठ नगरपालिका-४ का अध्यक्ष श्रीराम केसी लगायतको सहभागिता रहेको थियो ।

    प्रशिक्षण कार्यक्रमले उद्यमी महिला तथा युवाहरूको जीवनस्तर उकास्न तथा व्यवसाय र उद्यमलाई प्राथमिक रूपमा अगाडि बढाउन प्रोत्साहन मिल्ने वडाध्यक्ष केसीले बताए ।

    उद्यमी प्रशिक्षणबाट स्थानीय निकायमा रहेका उद्यमीहरूको प्रवर्द्धन तथा विकासमा टेवा पुर्‍याउँदै आर्थिक रूपमा समृद्ध परिवार, समाज तथा राष्ट्र निर्माणमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend