images

२०८३ आश्विन २५ गते

images
images
images

आर्थिक वर्षको शुरुवातसँगै बजेट कार्यान्वयनमा

आर्थिक वर्षको शुरुवातसँगै बजेट कार्यान्वयनमा

images
images
अर्थ समाचार
मंगलवार, श्रावण १ २०८१
अर्थ समाचार
मंगलवार, श्रावण १ २०८१
  • काठमाण्डौ – आजदेखि नयाँ आर्थिक वर्ष २०८१/८२ शुरु भएको छ । आर्थिक वर्षको शुरुवातसँगै नयाँ बजेट पनि कार्यान्वयनमा आएको छ । सरकारले चालू आर्थिक वर्षका लागि गएको जेठ १५ गते १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बराबरको बजेट विनियोजन गरेको थियो ।

    images
    images

    जसअनुसार चालू खर्च ११ खर्ब ४० अर्ब ६६ करोड (६१ दशमलव ३१ प्रतिशत), पुँजीगत खर्च तीन खर्ब ५२ अर्ब, वित्त व्यवस्थापनमा तीन खर्ब ६७ अर्ब रुपैयाँ विनियोजन गरिएको छ । गएको वर्ष कांग्रेसबाट अर्थमन्त्री रहेका डा. प्रकाशशरण महतले १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट घोषणा गर्नुभएको थियो तर माघ अन्तिममा १५ खर्ब ३० अर्ब बजेटको संशोधित खर्च अनुमान सार्वजनिक गरिएको थियो । बितेको आर्थिक वर्ष २०८०/८१ मा ८० प्रतिशत मात्रै बजेट खर्च भएको छ ।

    महालेखा नियन्त्रक कार्यालयका अनुसार विनियोजित बजेटको ८० दशमलव ४५ प्रतिशत अर्थात् १४ खर्ब आठ अर्ब ९८ करोड रुपैयाँ मात्रै बजेट खर्च भएको हो । अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०८०/८१ मा झन्डै २० अर्ब रुपैयाँ कम बजेट खर्च भएको छ । चालू आर्थिक वर्षको बजेटमा अर्थतन्त्रको सुधार र पुनरुत्थान, उत्पादकत्व वृद्धि, रोजगारीका लागि भन्दै 'डिजिटलाइजेसन र कृषिमा लगानी दशक' घोषणा गरिएको छ ।

    images
    images

    त्यस्तै योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको दायरा विस्तार गर्ने, सरकारी तथा संगठित क्षेत्रमा कार्यरत अस्थायी, करार, ज्यालादारी कर्मचारीका साथै अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षामा आबद्ध गर्दै छरिएर रहेका सामाजिक सुरक्षा कार्यक्रमलाई एकीकृत रूपमा व्यवस्थापन गर्नेलगायत कार्यक्रम समेटिएका छन् । नवनियुक्त उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अघिल्लो सरकारले ल्याएको बजेटलाई कार्यान्वयन गर्ने गरी नै अगाडि बढ्ने बताउनुभएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend