images

२०८३ आश्विन २५ गते

images
images
images
  • बजार
  • स्टार्टअप उद्यम कर्जा परियोजनाका लागि प्रारम्भिक...

स्टार्टअप उद्यम कर्जा परियोजनाका लागि प्रारम्भिक सूचीमा एक हजार बढी

स्टार्टअप उद्यम कर्जा परियोजनाका लागि प्रारम्भिक सूचीमा एक हजार बढी

images
images
आइतवार, पौष २१ २०८१
आइतवार, पौष २१ २०८१
  • काठमाडौँ । दोस्रो चरणको स्टार्टअप उद्यम कर्जा परियोजनाका लागि एक हजार बढी परियोजना प्रारम्भिक सूचीमा परेका छन् ।  औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले १३१४ परियोजना प्रारम्भिक सूचीमा परेको जनाएको छ । 

    images
    images

    उक्त कर्जा परियोजनाका लागि ५ हजारभन्दा बढी प्रस्ताव आएका छन् । चालु आर्थिक वर्ष (२०८१/०८२) मा स्टार्टअप कर्जाका लागि भौतिक र अनलाइनका माध्यमबाट ५ हजार १५८ वटा प्रस्ताव प्राप्त भएको थियो । जसमध्येबाट एक हजार बढी प्रारम्भिक सूचीमा परेका हुन् । सूचीमा परेकामध्ये कृषि फाम, होस्टेल, घरेलु उद्योग, आइटी क्षेत्रलगायत रहेका छन् । 

    प्रतिष्ठानले २०८१ भदौ ११ गते स्टार्टअप उद्यमहरूलाई सहुलियतपूर्ण कर्जा प्रवाहका लागि प्रस्ताव पेस गर्न आह्वान गरिएको थियो । २१ दिनको अवधि राखेर गरिएको आह्वान अनुसार भदौ ३१ गतेसम्म ५ हजार १५८ प्रस्ताव प्राप्त भएको थियो  ।

    images
    images

    सरकारले नवीनतम ज्ञान, सोच, सिप र क्षमता भएका व्यक्तिलाई स्टार्टअप उद्यममा संलग्न हुन उत्प्रेरित गर्न स्टार्टअप उद्यम कर्जा कार्यक्रम सञ्चालनमा ल्याएको छ। सो कार्यक्रमबाट ३ प्रतिशत ब्याजदरमा विना धितो कर्जा प्रवाह गर्ने गरी स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि २०८१ स्वीकृत भएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend