images

२०८३ आश्विन २५ गते

images
images
images
  • कृषि
  • वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै...

वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद

वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद

images
images
आइतवार, आश्विन २५ २०८३
आइतवार, आश्विन २५ २०८३
  • भोजपुर, २५ असोज । वैदेशिक रोजगारीबाट फर्किएपछि पुनः विदेश जाने सोच बनाउने युवाका लागि भोजपुरको अरुण गाउँपालिका–७ ढुङ्गेका लक्ष्मीप्रसाद अधिकारी उदाहरण बन्नुभएको छ । करिब छ वर्ष मलेसियामा रोजगारी गरेर फर्किएका अधिकारीले गाउँमै व्यावसायिक बाख्रापालन सुरु गरी वार्षिक करिब रु एक लाख ५० हजारसम्म आम्दानी गर्दै आएका छन् ।

    images
    images

    विदेशमा कमाएको पुँजी, सिकेको सीप र प्राप्त अनुभवलाई आफ्नै गाउँमा उपयोग गर्ने सोचले उनले पाँच वर्षअघि बाख्रापालन सुरु गरेका छन् । अहिले बाख्रापालन उनको आम्दानीको महत्त्वपूर्ण आधार बनेको छ । कृषि तथा पशुपालनलाई मुख्य पेसाका रूपमा अघि बढाउँदै आउनुभएका अधिकारीले स्थानीय स्रोतसाधनको उपयोग गरेर गाउँमै राम्रो आम्दानी गर्न सकिने बताएका छन् ।

    “विदेशमा गएर काम गर्नुभन्दा आफ्नै ठाउँमा केही गर्न सकिन्छ भन्ने सोचले बाख्रापालन सुरु गरेको हुँ”, अधिकारीले भने, “मिहिनेत गर्ने हो भने गाउँमै पनि आम्दानीको राम्रो आधार बनाउन सकिन्छ ।”

    images
    images

    विदेशमा लामो समय रोजगारी गरेपछि स्वदेश फर्किएका अधिकारीले पुनः विदेश जानुभन्दा आफ्नै गाउँमा उद्यम गर्ने बाटो रोजेको हो । बाख्रापालनका लागि आवश्यक घाँस, चरन तथा स्थानीय वातावरण अनुकूल रहेकाले पनि यो व्यवसायलाई निरन्तरता दिन सहज भएको उनको भनाइ छ ।

    अरुण गाउँपालिका–७ सिक्रेटारले स्थानीय भूगोल र सम्भावनाअनुसार कृषि तथा पशुपालनलाई प्राथमिकता दिँदै आएको छ । वडाले व्यावसायिक रूपमा कृषि तथा पशुपालन गर्ने किसानलाई आवश्यक तालिमका साथै औजार तथा उपकरणमा सहयोग गर्दै आएको वडाध्यक्ष कुमार थापाले बताएका छन् । 

    “स्थानीयस्तरमा उपलब्ध स्रोतसाधनको उपयोग गरेर किसानलाई उत्पादनसँग जोड्ने प्रयास भइरहेको छ”, वडाध्यक्ष थापाले भने, “विशेषगरी वैदेशिक रोजगारीबाट फर्किएका युवालाई गाउँमै उद्यम गर्न प्रेरित गर्नसके रोजगारी र आम्दानीका अवसर बढाउन सकिन्छ ।”

    स्थानीयस्तरमै कृषि तथा पशुपालनका सम्भावना रहेकाले वैदेशिक रोजगारीबाट फर्किएका युवालाई व्यावसायिक उत्पादनमा जोड्न सके गाउँको अर्थतन्त्रमा पनि योगदान पुग्ने स्थानीयको भनाइ छ । अधिकारीको बाख्रापालनले विदेशबाट फर्किएका युवाले आफ्नै गाउँमा उपलब्ध स्रोतसाधन र सीपको प्रयोग गरेर आम्दानीको आधार बनाउन सकिने देखाएको छ । बाख्रापालनबाट उत्पादन भएको गोठेमलको सदुपयोग गर्दै आँप, लिची, एभोकाडो लगायत फलफूलको पनि खेती गरिरहेको किसान अधिकारीले बताएका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend