images

२०८३ आश्विन २५ गते

images
images
images
  • समाचार
  • धार्चेमा बाढीको ठूलो क्षति : पूर्वसूचनाले...

धार्चेमा बाढीको ठूलो क्षति : पूर्वसूचनाले जोगियो मानवीय क्षति, करोडौँको क्षति पुर्‍याएको आशंका

धार्चेमा बाढीको ठूलो क्षति : पूर्वसूचनाले जोगियो मानवीय क्षति, करोडौँको क्षति पुर्‍याएको आशंका

images
images
आइतवार, आश्विन २५ २०८३
आइतवार, आश्विन २५ २०८३
  • काठमाडौँ । धार्चे गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङले माछीखोला र आसपासका क्षेत्रहरूमा आएको बाढीका कारण ठुलो भौतिक तथा पूर्वाधार क्षति पुगेको बताएका छन् । बाढीले माछीखोला र दोभान बजार क्षेत्रमा असर पुर्याउनुका साथै तीन–चार वटा घरहरू, गोदामहरू र केरौजा तथा माछीखोला जोड्ने महत्त्वपूर्ण पुलसहित धेरै पुलहरू बगाएको छ।त्यसैगरी, माथिल्लो क्षेत्रका चुम्रीतिर, सल्लेरी, क्याम्प, जगत र बगर क्षेत्रका विभिन्न संरचनाहरूमासमेत बाढीले क्षति पुर्‍याएको छ भने बाटोघाटो भत्किएका कारण आवतजावत पूर्ण रूपमा अवरुद्ध भएको छ।  

    images
    images

    ​समयमै सतर्कता अपनाइएका कारण यस विपद्बाट ठुलो मानवीय क्षति भने हुन नपाएको गुरुङले बताए । बिहानै साढे ३ बजेतिर बाढीको पूर्वसूचना पाएपछि स्थानीयहरूले सबैलाई सुरक्षित स्थानमा पठाउन सफल भएका थिए। पौने चार बजेतिर सुरु भएको यस बाढीबाट भाग्ने ठाउँको केही सुविधा भएकाले मानिसहरूको जीउधन जोगाउन सम्भव भएको र मानवीय क्षति भएको कुनै आधिकारिक सूचना नआएको स्थानीयहरूले बताएका छन्।  ​यद्यपि, बाढीको जोखिम पूर्ण रूपमा टरिसकेको छैन ।  बुढीगण्डकी अझै थुनिएको छ ।  

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend