images

२०८३ आश्विन १८ गते

images
images
images

पेट्रोलियम अन्वेषणको ड्रिलिङ अन्तिम चरणमा

पेट्रोलियम अन्वेषणको ड्रिलिङ अन्तिम चरणमा

images
images
आइतवार, पौष २१ २०८१
आइतवार, पौष २१ २०८१
  • दैलेख । नेपालमा खनिज पदार्थको सम्भावना प्रशस्त छ। तामाखानी, कोइलाखानी, फलामखानीलगायत विभिन्न खानी र खनिज पदार्थको दृष्टिले सम्भावना भएको भए पनि उत्खननमा भने प्रविधिका हिसाबले भने निकै पछाडि रहेको छ। तर, पछिल्लो समय नेपाल सरकार र चिनियाँ सरकारबीच सम्झौता भई विगत लामो समयदेखि कार्यान्वयनमा रहेको दैलेखको पेट्रोलियम पदार्थको अन्वेषणको कार्य अन्तिम चरणमा पुगेको छ।

    images
    images

    लेखको पञ्चकोशी क्षेत्रमा कालान्तरदेखि बल्दै आएको ज्वालालाई लक्षित गर्दै पेट्रोल तथा ग्याँसको भण्डारण रहेको अनुमानका आधारमा चिनियाँ टोलिद्वारा लामो समयको अनुसन्धानपश्चात नेपाल सरकार र चीन सरकारबीच सम्झौता भई गत २०८१ वैशाख २३ गते विधिवत रूपमा उद्घाटन गरिएको अन्वेषणात्मक ड्रिलिङको काम यति बेला अन्तिम चरणमा पुगेको छ।

    दैलेखको भैरवी गाउँपालिका–१ को जलजले क्षेत्रमा करिब ४५ रोपनी जग्गामा सञ्चालित उक्त अन्वेषणमा जमिनमुनि करिब ४ हजार ७ सय मिटर गहिरो ड्रिलिङको गुरुयोजना भए पनि पछिल्लो समयमा ४ हजार मिटर गहिराइमा ड्रिलिङ योजनाअनुसार बिहीबार साँझसम्म ३ हजार ९ सय ३५ मिटर ड्रिलिङ भइसकेको अवस्थामा अब भनेमात्र ६५ मिटर ड्रिलिङ बाँकी रहेको आयोजनाले जनाएको छ।

    images
    images

    उक्त ड्रिलिङ र अन्वेषणबाट सकारात्मक उपलब्धि नजिक पुगेको र नमुना परीक्षणपश्चात अन्य क्रमिक कामहरूलगायत उत्खननको काम हुने भूगर्व तथा खानी विभागका जियोलोजिक्स प्रकाश लुइँटेलले जानकारी गराउनुभयो । उहाँले भन्नुभयो– ‘अब करिब ६५ मिटमात्र ड्रिलिङ बाँकी छ, हामीले चरणबद्ध रूपमा उपलब्ध स्याम्पलहरू परीक्षणको लागि निरन्तर पठाइरहेका छौँ, काम सकिएपछि अन्य थप अन्वेषणात्मक कामहरू हुनेछन् । जे होस् अहिलेसम्म गरिएको लगानी डुब्दैन भन्नेमा ढुक्क छौँ तर उपलब्ध परिमाण के कति छ भन्ने मात्र हो ।’

    उक्त क्षेत्रमा पेट्रोलभन्दा पनि ग्याँस भएको अन्वेषणको क्रममा गरिएको परीक्षणबाट जानकारी पाइएको छ । यति बेला देशकै गौरवको आयोजनाको रूपमा रहेको उक्त पेट्रोलियम अन्वेषण तथा ड्रिलिङ हेर्नका लागि जिल्लाभित्र र बाहिरबाट मानिसहरू त्यहाँ पुग्ने गरेका छन् । मध्यपहाडी लोकमार्गसँगै रहेको उक्त आयोजनाबाट मानिसहरूले उपलब्धिको आशासमेत गरेका छन् । सो स्थानमा पुग्ने मानिसहरूले आयोजनाका लागि नेपाल सरकार र चिनियाँ सरकारको तर्फबाट गरिएको प्रयास सार्थक हुने र भोलिका दिनहरूमा जिल्ला, प्रदेशलगायत सिंगो देशलाई फाइदा हुनेमा आशावादी भएको बताउँछन् ।

    उक्त आयोजनाको लागि समन्वय सहकार्यलगायत व्यवस्थापनमा सहकार्य गर्दै आएको जिल्ला प्रशासन कार्यालय दैलेखले समेत आयोजनालाई महत्वका साथ लिएको छ । पेट्रोलियम अन्वेषण तथा ड्रिलिङको काम अन्तिम चरणमा पुगेको सन्दर्भमा आगामी दिनका कामहरूलगायत आइपर्ने हरेक चुनौतीहरूलाई समन्वय र सहकार्यको वातावरणमा काम गर्ने जिल्ला प्रशासन कार्यालय दैलेखले जनाएको छ ।आयोजनाबाट प्राप्त गर्ने प्रतिफलबाट समग्र देशलाई नै फाइदा पुग्ने भएकाले सबैले साथ सहयोग गर्नुपर्ने भन्दै नेपाल सरकारले समेत महत्वपूर्णरूपमा लिएको दैलेखका निमित्त प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद कोइरालाले बताउनुभयो । कोइरालाले भन्नुभयो– ‘यो हाम्रो क्षेत्र र जिल्लाको मात्र नभएर नेपालकै पहिलो गौरवको आयोजना हो, हामीले करिब एक वर्षदेखि नै यसको क्रमबद्ध रूपमा सकारात्मक भूमिका खेल्दै आएका छौँ, यति बेला जुन अन्वेषणको पहिलो चरण ड्रिलिङको काम अन्तिम चरणमा पुग्दै छ ।’

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend