images

२०८३ कार्तिक १ गते

images
images
images
  • बैंक वित्त
  • लक्ष्मी सनराइज बैंकको अगुवाईमा अप्पर मर्स्याङ्दीमा...

लक्ष्मी सनराइज बैंकको अगुवाईमा अप्पर मर्स्याङ्दीमा लगानी हुने

लक्ष्मी सनराइज बैंकको अगुवाईमा अप्पर मर्स्याङ्दीमा लगानी हुने

images
images
आइतवार, पौष २१ २०८१
आइतवार, पौष २१ २०८१
  • काठमाडौं ।लक्ष्मी सनराइज बैंकको अगुवाईमा १०२ मेगावाटको अप्पर मर्स्याङ्दीमा लगानी हुने भएको छ । 

    images
    images

    यस आयोजनाको कूल लागत रू २१.४० अर्ब रहेको कम्पनीले जनाएको छ । परियोजना निमार्णको लागि लक्ष्मी सन्‌राईज बैंकको नेतृत्त्वमा सहवित्तीयकरणमा सहभागी बैंकहरुले परियोजना लागतको ७४.७७ प्रतिशत लगानी गर्ने प्रतिबद्धता रहेको छ । बाँकी २५.२३ प्रतिशत रकम सो कम्पनीका प्रवर्द्धक र संस्थापकहरूको लगानी हुनेछ ।लक्ष्मी सन्‌राईज बैंकको अगुवाईमा सहवित्तियकरणमा सहभागी बैंकहरु र अप्पर मर्स्याङ्दी हाइड्रोपावर कम्पनी प्रा.लि. बीच सो कम्पनीले लमजुङ्ग जिल्ला स्थित मर्स्याङ्दी नदीमा निमार्ण गर्ने १०२ मे.वा. क्षमताको अप्पर मर्स्याङ्दी–१ जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता सम्पन्न गरिएको हो ।

    उक्त सहकार्यले नेपालको नवीकरणीय ऊर्जा परिदृश्यमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको छ। अपर मर्स्याङ्दी हाइड्रोपावर–१ ले पौष १०, २०७५ मा विद्युत् विकास विभागबाट आयोजना निर्माणको लागि विद्युत् उत्पादनको अनुमति पत्र लिनुका साथै यही पुस ९ गते नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद बिक्री सम्झौता समेत गरिसकेको छ ।

    images
    images

    सो कम्पनीको प्रवर्द्धकको रूपमा के.सी. ग्रुप र क्याल ग्रुप रहेका छन्। लक्ष्मी सन्‌राईज बैंकको प्रोजेक्ट फाइनान्स प्रतिबद्धता ७ अर्ब रहेको छ । यस्तै गरी सहवित्तीयकरणमा सहभागी अन्य बैंकहरु मध्ये सह–अगुवा ग्लोबल आइएमइ बैंकको ६ अर्ब रुपैयाँ, प्रभु बैंकको ३ अर्ब रुपैयाँसमेत गरी जम्मा लगानी १६ अर्ब रहेको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend