images

२०८३ आश्विन २५ गते

images
images
images

गोरखा नगरपालिकाको बजेट पारित

गोरखा नगरपालिकाको बजेट पारित

images
images
अर्थ समाचार
सोमवार, आषाढ ३१ २०८१
अर्थ समाचार
सोमवार, आषाढ ३१ २०८१
  • गोरखा नगरपालिकाको आर्थिक वर्ष २०८१-०८२ को बजेट पारित भएको छ । नगरसभाको १४ औँ अधिवेसनको दोस्रो बैठकले यहि असार १० गते पहिलो बैठकमा प्रस्तुत वार्षिक राजस्व र व्ययको अनुमान बजेट सर्वसम्मत पारित गरेको हो । 

    images
    images

    १४ औँ नगरसभाका सभाध्यक्ष एवम् नगर प्रमुख कृष्ण बहादुर राना मगरले बजेट स्वीकृतका लागि सभामा पेश गर्नुभएको थियो । गोरखा नगरपालिकाले आगामी वर्षका लागि ९८ करोड ४६ लाख ६ हजार बराबरको बजेट ल्याएको हो । जसमा आन्तरिक आयतर्फ ६ करोड ७६ लाख सङ्लन गर्ने लक्ष्य नगरपालिकाको छ ।

    त्यसैगरी दोस्रो बैठकले आर्थिक ऐन २०८१, विनियोजन विधेयक २०८१ ले दिएको अधिकार प्रयोग गरी आर्थिक वर्ष २०८१-०८२ को प्रस्तावित योजना, कार्यक्रमको बजेट स्वीकृत गरेको हो । 

    images
    images

    गोरखा नगरपालिका भित्रका पर्यटनलाई विशेष महत्व दिँदै २०८१ लाई पर्यटन वर्ष मनाउने निर्णय समेत गरेको छ । लेखा समितिले पेश गरेको प्रतिवेदन स्वीकृत गरिनुका साथै बेरुजु कम गर्न आर्थिक समितिका संयोजक सित्तलकाजी मास्केले सुझाव दिनुभएको छ । 

    गोरखा नगरकार्यपालिकाको कार्यालय अन्र्तगतका वडा कार्यालयबाट पेश भए बमोजिमको आर्थिक वर्ष २०८१-०८२ को बजेट, योजना तथा कार्यक्रम पनि स्वीकृत भएका छन् । गोरखा नगरपालिका र वडा कार्यालय अन्र्तगत रहेका करार सेबामा कार्यरत कर्मचारी तथा दैनिक ज्यालादारी कर्मचारीको म्याद थप सम्बन्धी एजेण्डा पनि सभाले स्विकृृत गरेको गोरखा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सुवेदीले जानकारी दिनुभयो । 

    उहाँका अनुसार गोरखा नगरपालिकामा सबैभन्दा धेरै बजेट पर्यटन तथा संस्कृति प्रर्वद्धन गर्नका लागि सभामा पेश भएर स्विकृत भएको छ । 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend