images

२०८३ कार्तिक १ गते

images
images
images
  • शेयर
  • महुली लघुवित्तको एफपिओ बाँडफाँट, यसरी हेर्नुहोस्...

महुली लघुवित्तको एफपिओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा

महुली लघुवित्तको एफपिओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा

images
images
शुक्रवार, पौष १९ २०८१
शुक्रवार, पौष १९ २०८१
  • काठमाडौं । महुली लघुवित्तको एफपिओ आज (शुक्रबार) बाँडफाँट भएको छ।बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालयमा एफपिओ बाँडफाँट भएको हो।

    images
    images

    जसमा ४७ हजार ५५४ आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्। त्यस्तै, नाै जनाले थप एक कित्ता सेयर प्राप्त गरेका छन् भने एक जना आवेदकले ०.१५ कित्ता प्राप्त गरेका छन्।

    उक्त सेयरमा कुल १६ लाख ९२ हजार एक सय ६ आवेदकले दुई करोड २८ लाख ५२ हजार ८० कित्ताका लागि आवेदन दिएका थिए।सोमध्ये १६ लाख ८७ हजार ७७४ आवेदन स्वीकृत भएको छ भने चार हजार ३३२ आवेदन रद्द भएको बिक्री प्रवन्धकको भनाइ छ।

    images
    images

    कम्पनीले पुस ५ गतेदेखि ९ गतेसम्म प्रतिकित्ता १०० रूपैयाँ अंकित मूल्यका ४ करोड ७५ लाख ४४ हजार ९१५ रूपैयाँ बराबरको ४ लाख ७५ हजार ४४९.१५ कित्ता एफपिओ जारी गरेको हो।कम्पनीले हाल कायम सर्वसाधारण समूहको हिस्सा १९.६८ प्रतिशतलाई, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम कुल जारी पुँजीको कम्तीमा ३० प्रतिशत पुर्‍याउनका लागि एफपिओ निष्कासन गरेको थियो।

    लगानीकर्ताले बिक्री प्रबन्धक कुमारी क्यापिटलको वेबसाइट र मेरो सेयर एकाउन्टबाट एफपिओको नतिजा हेर्न सक्नेछन्।साथै, कम्पनीको वेबसाइट तथा सिडिएस एन्ड क्लियरिङको वेबसाइट बाट पनि नतिजा हेर्न सकिन्छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend