images

२०८३ कार्तिक १ गते

images
images
images
  • बैंक वित्त
  • सातै प्रदेशमा लक्ष्मी सनराइज बैंकको डिजिटल...

सातै प्रदेशमा लक्ष्मी सनराइज बैंकको डिजिटल संवाद कार्यक्रम सम्पन्न

सातै प्रदेशमा लक्ष्मी सनराइज बैंकको डिजिटल संवाद कार्यक्रम सम्पन्न

images
images
बिहिवार, पौष १८ २०८१
बिहिवार, पौष १८ २०८१
  • काठमाडौं । लक्ष्मी सनराइज बैंकले सातै प्रदेशमा सञ्चालन गरेको डिजिटल संवाद कार्यक्रम सम्पन्न भएको छ ।छैटौं वार्षिक डिजिटल डिसेम्बर अभियान अन्तर्गत सञ्चालित कार्यक्रममा वित्तीय साक्षरता, डिजिटल बैंकिङ सुरक्षा तथा आधुनिक बैंकिङ उपकरण लगायतबारेमा छलफल भएको बैंकले जनाएको छ ।

    images
    images

    कार्यक्रमले डिजिटल साक्षरता प्रवर्द्धन गर्न र सुरक्षित तथा सुविधाजनक बैंकिङ साधनहरूको प्रयोगलाई प्रोत्साहन गर्ने बैंकको प्रतिवद्धतालाई थप जोड दिएको बैंकको भनाइ छ ।कार्यक्रममा डिजिटल वित्तीय सेवाहरूको प्रभावकारिता, सुरक्षाको महत्त्व र उपयुक्त बैंकिङ तथा वित्तीय अभ्यासबारे विविध समूहका सहभागीलाई जानकारी दिन प्यानल छलफल आयोजना गरिएको बैंकले जनाएको छ ।

    ११ डिसेम्बरमा गण्डकी प्रदेशको पोखरामा, १३ डिसेम्बरमा कर्णाली प्रदेशको सुर्खेतमा, १८ डिसेम्बरमा कोशी प्रदेशको इटहरीमा, २० डिसेम्बरमा मधेश प्रदेशको जनकपुरमा, २३ डिसेम्बरमा बागमती प्रदेशको हेटौंडामा, २४ डिसेम्बरमा सुदूरपश्चिम प्रदेशको धनगढीमा, २७ डिसेम्बर २०२४ लुम्बिनी प्रदेशको भैरहवामा र २९ डिसेम्बरमा बागमती प्रदेशको काठमाडौं उपत्यकामा संवाद कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको छ ।

    images
    images

    कार्यक्रममा नेपाल राष्ट्र बैंकका उच्च अधिकारी, नेपाल प्रहरी, स्थानीय जनप्रतिनिधि, व्यावसायिक क्षेत्रका अगुवा, विश्वविद्यालयका प्राज्ञिक व्यक्ति, अपाङ्‍गता समुदायका प्रतिनिधि, उच्च कारोबार गर्ने व्यापारी, स्थानीय समुदायका प्रतिनिधि, विद्यार्थी लगायत सहभागी भएका थिए ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend