images

२०८३ आश्विन १८ गते

images
images
images

मध्यमर्स्याङदीको विद्युत् उत्पादन घट्दै

मध्यमर्स्याङदीको विद्युत् उत्पादन घट्दै

images
images
बिहिवार, पौष १८ २०८१
बिहिवार, पौष १८ २०८१
  • लमजुङ । लमजुङको बेंसीसहर नगरपालिका–१ दलालस्थित मध्यमर्स्याङदी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन घट्न थालेको छ । मर्स्याङदी नदीमा पानीको मात्रा घटेपछि ७० मेगावाट क्षमताको उक्त आयोजनाको विद्युत् उत्पादन घट्न थालेको हो ।

    images
    images

    आयोजना केन्द्रका प्रमुख पवन बस्नेतका अनुसार ३० मेगावाट बिजुली उत्पादन घटेको छ । अझै पानी कम हुँदै जाने र क्रमशः उत्पादन घट्दै जाने उनको भनाइ छ । हाल आयोजनाबाट ४० मेगावाट विद्युत उत्पादन भइरहेको छ । आगामी फागुनसम्म उत्पादन घटने उनले बताए । गत वर्ष पनि विद्युत् उत्पादन घटेर २५ मेगावाटमा झरेको थियो । सो आयोजना सन् २००८ मा रु २७ अर्ब २० करोडमा निर्माण सम्पन्न भएको थियो । जिल्लामा निर्माण सम्पन्न भएका अन्य विद्युत् आयोजनाको पनि उत्पादन घट्न थालेको छ ।

    दोर्दी गाउँपालिका–६ ढोडेनीस्थित ५४ मेगावाट क्षमताको सुपरदोर्दी ‘ख’ आयोजनाबाट पनि विद्युत् उत्पादन घट्न थालेको जनाइएको छ । भुलभुलेस्थित ५० मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी ‘ए’ जलविद्युत्, ३० मेगावाटको ङादी जलविद्युत आयोजना, २७ मेगावाट क्षमताको दोर्दीखोला जलविद्युत् आयोजना, दोर्दी गाउँपालिका–६ स्थित २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ आयोजना, चार दशमलव चार मेगावाटको राँधी, तीन मेगावाटको मिदिम करापु तथा दुई मेगावाटको छ्याङ्दी आयोजनाको पनि विद्युत उत्पादन घट्न थालेको छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend