images

२०८३ आश्विन २० गते

images
images
images
  • शेयर
  • हिमालयन डिष्टिलरी, कालिका लघुवित्तसहित ८ कम्पनीको...

हिमालयन डिष्टिलरी, कालिका लघुवित्तसहित ८ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

हिमालयन डिष्टिलरी, कालिका लघुवित्तसहित ८ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

images
images
बिहिवार, पौष १८ २०८१
बिहिवार, पौष १८ २०८१
  • पुस १८ गते, बिहीबार, ८ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन हिमालयन डिष्टिलरी, बोटलर्स नेपाल (तराई), श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स, सूर्योदय वोमी लघुवित्त, कालिका लघुवित्त, मेरो माइक्रोफाइनान्स, लुम्बिनी विकास बैंक र कालिका पावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।

    images
    images

    सूर्योदय वोमी लघुवित्त बाहेक अरु ७ कम्पनीहरुले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात पुस १९ गते बुकक्लोज गर्दैछन् भने सूर्योदय वोमीले पुस २१ गते, आइतबार बुकक्लोज गर्दैछ। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागिता जनाउन तथा यी कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

    हिमालयन डिष्टिलरी (HDL) ले पुस २८ गते आइतबार, कम्पनीको रजिष्टर्ड कार्यालय, विरगञ्ज महानगरपालिका वडा नं. २१, लिपनिविर्ता, पर्सामा २४ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान १० बजे शुरु हुनेछ।

    images
    images

    सभाले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित ५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, प्यासन कुलर नामक ब्राण्ड लगायतका आरटिडि ब्राण्डहरु उत्पादनका लागि विजय डिष्टिलरी प्रा।लि।सँग ट्रेडमार्क लाइसेनिङ्ग सम्झौता गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

    बोटलर्स नेपाल (तराई) (BNT) ले पुस २६ गते, होटल र्याडिसन, लाजिम्पाट, काठमाडौँमा वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीको साधारण सभा दिउँसो १२ गते सुरु हुनेछ।

    कम्पनीको ३८ औँ वार्षिक साधारण सभाले ५० प्रतिशत नगद लाभांश प्रस्तावका साथै लेखापरक्षिक नियुक्ति गर्ने, गत आर्थिक वर्षको वित्तीय विवरण अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

    त्यस्तै, लुम्बिनी विकास बैंक (LBBL) ले पुस २९ गते, सोमबार, अमृतभोग, कालिकास्थान, काठमाडौँमा १७ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान साढे १० बजे शुरु हुनेछ।

    सभाले हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित ४ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

    श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी (SIFC) ले पुस २९ गते सोमबार, आफ्नो रजिष्टर्ड कार्यालय, डिल्लीबजार, काठमाडौँमा ३० औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान १० बजे शुरु हुनेछ।

    सभाले हाल कायम चुक्ता पूँजीको कर सहित १.८६ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.०९८२ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने संस्थापक समूहतर्फ रिक्त रहेको १ जना सञ्चालक पदमा भएको नियुक्ति अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

    मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था (MERO) ले माघ ४ गते, शुक्रबार, सिद्धार्थ होटल बाटर टावर, विदुर–४, बट्टार, नुवाकोटमा बाह्रौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान साढे ११ बजे शुरु हुनेछ।

    सभाले हाल कायम चुक्ता पूँजीको ७.५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.३९४७ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले संस्थापक र सर्वसाधारण शेयरधनीहरुको शेयर स्वामित्व ५१ः४९ कायम गर्ने प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

    त्यसैगरी, कालिका लघुवित्त वित्तीय संस्था (KMCDB) ले पुस २९ गते सोमबार, होटल टास्क इन्टरनेशनल प्रा।लि। को सभाहल, पोखरा, बुद्धचोकमा १५ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ९ बजे शुरु हुनेछ।

    सभाले हाल कायम चुक्ता पूँजीको ९.५० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले मर्जर तथा एक्विजिशनसम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक शेयरधनीहरुको तर्फबाट ४ जना र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट २ जना सञ्चालकहरुको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

    कालिका पावर (KPCL) ले पुस २९ गते, सोमबार, दियालो फुलल्याण्ड चितवन प्रा.लि., भरतपुर, चितवनमा साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

    सभाले ७ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.३६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

    सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड (SWMF) ले पुस २८ गते आइतबार, ललितपुर स्थित लुभु पार्टी प्यालेस एण्ड क्याटेरिङ्ग सेण्टरको सभाहलमा १३ औँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

    सभाले हाल कायम चुक्ता पूँजीको ६ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.९६२३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले मर्जर तथा एक्विजिशनसम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend