images

२०८३ आश्विन १७ गते

images
images
images
  • शिक्षा
  • शिक्षकको निवृत्तिभरण प्रक्रियामा सहजीकरण गर्न शिक्षामन्त्रीको...

शिक्षकको निवृत्तिभरण प्रक्रियामा सहजीकरण गर्न शिक्षामन्त्रीको निर्देशन

शिक्षकको निवृत्तिभरण प्रक्रियामा सहजीकरण गर्न शिक्षामन्त्रीको निर्देशन

images
images
बुधवार, पौष १७ २०८१
बुधवार, पौष १७ २०८१
  • काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षकको निवृत्तिभरण प्रक्रियामा सहजीकरण गर्न कर्मचारीलाई निर्देशन दिएकी छन्। शिक्षा मन्त्रालयमा आज उच्च व्यवस्थापन समूह बैठकमा मन्त्री भट्टराईले शिक्षकको निवृत्तिभरण प्रक्रियामा सहजीकरण गर्नुपर्ने बताएकी हुन्।

    images
    images

    त्यस्तै उनले मन्त्रालयको लागि आवश्यक विषयगत विज्ञको सूची तयार गर्नुपर्ने र विषयगत विज्ञता र विशेषज्ञतालाई आपसमा जोड्नुपर्ने, कार्यसम्पादनलाई आवश्यकताका आधारमा पुनरावलोकन गर्नुपर्ने एवं जनतामा आशा जागृत हुने गरी कार्यसम्पादन गर्नुपर्नेमा जोड दिइन्।मन्त्री भट्टराईले आफ्नो जिम्मेवारी गम्भीरतापूर्वक पूरा गर्न र सेवा प्रवाहमा देखा परेका जटिलताका बारेमा विश्लेषण गरी सहज कार्य वातावरण बनाउनुपर्ने, उच्च शिक्षामा देखिएका अस्पष्टतालाई आपसी छलफल र समन्वयबाट गति दिनुपर्ने धारणा बैठकमा राखिन्।

    बैठकमा मन्त्रालयका सचिव (शिक्षा) र (विज्ञान) हेर्ने, मन्त्रालयका महाशाखा प्रमुखहहरू, मन्त्रालयअन्तर्गतका विभागिय प्रमुखहरू लगायत उपस्थित थिए।कार्यविधि तथा निर्देशिकाको आवश्यकता,औचित्यता तथा आवश्यक नरहेका के कति छन् सम्बन्धित विभागिय प्रमुखले थप स्पष्ट भई मन्त्रालयमा पेस गर्ने, कानुन शाखाको काम कारवाही थप प्रभावकारी बनाउने तथा विद्यालय तह (कक्षा ४-१०) को पाठ्यक्रममा विद्यार्थीले घरमा गरेको कामलाई विद्यालयको आन्तरिक मूल्यांकनमा समावेश गर्ने विषयहरूमा छलफल केन्द्रित थियो।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend