images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • समृद्धि फाइनान्सले शेयर संरचना परिवर्तन गर्ने,...

समृद्धि फाइनान्सले शेयर संरचना परिवर्तन गर्ने, संस्थापकको स्वामित्व घट्ने

समृद्धि फाइनान्सले शेयर संरचना परिवर्तन गर्ने, संस्थापकको स्वामित्व घट्ने

images
images
बुधवार, पौष १७ २०८१
बुधवार, पौष १७ २०८१
  • काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले शेयर संरचना परिवर्तन गर्ने भएको छ । कम्पनीले हाल कायम संस्थापक तर्फको ५९ दशमलव ३७ प्रतिशत शेयर स्वामित्व ५१ प्रतिशत र सर्वसाधारण तर्फको ४० दशमलव ६३ प्रतिशत स्वामित्व ४९ प्रतिशत कायम गर्न लागेको हो ।

    images
    images

    कम्पनीले शेयर स्वामित्व परिवर्तन सम्बन्धी प्रस्ताव गत मंसिर ६ गते सम्पन्न २३औं वार्षिक साधारण सभाबाट पारित गरिसकेको छ । नेपाल राष्ट्र बैंकको स्वीकृति प्राप्त गरी कम्पनी रजिष्ट्रारको कार्यालयमा अभिलेख समेत भइसकेको जानकारी कम्पनीले दिएको छ । पूँजी संरचना परिवर्तनका लागि आगामी माघ २२ गतेसम्म कम्पनीको रेकर्डमा संस्थापक शेयरधनी रहेको शेयरको संरचना परिवर्तन गरिने भनाई कम्पनीको छ । सो मितिसम्म सम्बन्धीत शेयरधनीहरुले आफ्नो शेयर नामसारी गरिसक्नुपर्नेछ ।

    साथै शेयर संरचना परिवर्तन गर्न नचाहेमा आगामी ३५ दिनभित्र कम्पनीको प्रधान कार्यालय मकवानपुर, हेटौडामा लिखित जानकारी पेश गर्नुपर्नेछ । तोकिएको मितिभित्र कुनै जानकारी प्राप्त नभएमा कम्पनीले कानुन बमोजिम तोकिएको अनुपातमा सर्वसाधारण समूहमा संस्थापक शेयर परिवर्तन गर्ने प्रष्ट पारेको छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend